Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

विप्लव माओवादीद्वारा राजधानीमा ऊर्जा सचिवको घर कब्जा

काठमाडौं, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले मंगलबार कलंकीको खसीबजारस्थित ऊर्जा मन्त्रालयका सचिव राजेन्द्रकिशोरी क्षेत्रीको घरमा झन्डा गाडेको छ । विभिन्न चोक तथा गौंडामा लुकेर बसेका विप्लव माओवादी कार्यकर्ताहरुले क्षेत्रीको घरमा दिउँसाे १२ बजेर २० मिनेटमा झन्डा गाडेका हुन् । जनवादी क्रान्ति गर्न सशस्त्र बाटो अवलम्बन गर्ने निर्णय गरेलगत्तै विप्लव नेतृत्वको माओवादीले राजधानीमा एक महिना यता गरेको यो दोस्रो घर कब्जाकाे \'कारबाही\' हो । यसअघि उनीहरुले लगानी बोर्डका निर्देशक रमेश पन्तको बाँसवारीस्थित घरमा पार्टीको झन्डा गाडेका थिए । ऊर्जासचिव क्षेत्रीको घर कब्जा गर्ने सूचना पाएलगत्तै कलंकीस्थित क्षेत्रीनिवास पुगेका खबरडबली संवाददाताले जनाएअनुसार क्षेत्रीको घर कब्जा गर्न दुई सयको संख्यामा नेता-कार्यकर्ता पुगेका थिए । अपर कर्णाली तथा ६ सय मेगावाटको माथिल्लो मर्स्याङदी विदेशीलाई बेचेको आरोपमा उनीहरुले ऊर्जासचिवको घर कब्जा गरेको जनाएका छन् । घर कब्जा गरेलगत्तै माओवादीका नेता कार्यकर्ताहरुले सात मिनेटसम्म नारावाजी गर्दै घर कब्जा गर्नुको औचित्यबारे पर्चा छरेका थिए । माओवादीद्धारा वितरित पर्चामा राष्ट्रघाती कदम लिन सघाउने क्षेत्रीको घर कब्जा अभियान पन्तको घर कब्जा अभियानकै निरन्तरता भएको उल्लेख गरिएको छ । यसअघि माओवादीले चैत ६ गते लगानी बोर्डका निर्देशक राधेश पन्तको बाँसबारीस्थित घरमा पार्टीको झन्डा गाडेको थियो । माओवादी कार्यकर्ताहरुले घर कब्जा गरेर हिँडेपछि मात्र घटनास्थल पुगेकाे प्रहरीले क्षेत्रीको घर वरपर छरिएका पर्चा, पम्प्लेट नियन्त्रणमा लिएको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending