Khabar Dabali ६ फाल्गुन २०८२ बुधबार | 18th February, 2026 Wed
Investment bank

एमालेबाट जितेका वडाध्यक्षको २३ लाख झ्वाम पार्न यस्तो हर्कत

\"\"जाजरकोट । त्रिवेणी नलगाड नगरपालिका वडा ११ का जनप्रतिनिधीहरुस्पष्टीकरणमा परेका छन् । त्रिवेणी नलगाड नगरपालिका वडा नं ११ का वडा अध्यक्षसहित चार जना वडा सदस्यले कामै नभएको कामको पनि काम भएको भनि रकम भुक्तानीका लागी सिफारिस गरेपछि स्पष्टिकरणमा परेका हुन् । नगरपालिकाको ११ चौखा देखी वडा नं १० रजिकसम्म जोड्ने चौखा रजिक बानियाँगाँउ सर्मी डोल्पा सडकमा कामै नहुँदा पनि काम गरेको भनी उनीहरुले सिफारिस गरेपछि जिल्ला समन्वय समितिले २३ लाख रुपैया भुक्तानी गरेको थियो । यसबारे विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशित भएपछि जिल्ला समन्वय समितिले छानबिन गरेको थियो । छानविन गर्दा सम्बन्धित वडाका जनप्रतिनिधि अनियमित कार्यमा संलग्न भएको पाईएको थियो । अख्तियारले जिल्ला समन्वय समितिलाई के कति कारणले कामै नभएपनि भुक्तानीका लागी चेक काटिएको हो भनि स्पष्टिकरण सोधेपछि छानवीन थाल्दा यस्तो तथ्य फेला परेको हो । नेकपा एमाले पार्टीबाट निर्वाचित वडा अध्यक्ष जितबहादुर मल्ल र सदस्यहरु भीमबहादुर मल्ल, कृष्णकुमारी खत्री वानियाँ, विष्णुकमारी नेपाली र विर्खबहादुर बानियाँले वडा कार्यालयको लेटर प्याडमा ९० मिटर मात्र खनिएको बाटोलाई दुई हजार तीन सय मिटर खनिएको र काम पनि सन्तोषजनक भएको भन्दै भुक्तानीका लागी स्थानिय विकास अधिकारीलाई सिफारिस गरेका थिए । कामै नभए पनि नक्कली विल भरपाई पेश गर्ने जिल्ला प्राविधिक कार्यालयका प्राविधिक बलबहादुर विश्वकर्मालाई बरखास्त गरिएको छ । जनप्रतिनिधीलाई जिल्ला समन्वय समितिले के कति कारणले कामै नभएको बाटोको निर्माण सम्पन्न भयो भनि सिफारिस गरियो दुई हप्ता भित्र स्पष्टिकरण पेश गर्न पत्र पठाएको जिल्ला समन्वय समितिले वताएको छ । त्यस्तै उपभोक्ता समितिका अध्यक्ष लगबहादुर बस्नेत , सचिव शुष्मा विसी र कोषाध्यक्ष जय कुमारी खत्रीलाई पनि स्पष्टिकरण सोधिएको छ । निर्वाचित भएको एक सय दिन नवित्दै वडाका सवै पदाधिकारी स्पष्टिकरणमा परेको देशकै पहिलो घटना हो । घटना सार्वजनिक भएपछि कामै नगरेको सडकमा भुक्तानी दिईसकेको चेक समेत कार्यालयले थुतेर क्यान्सिल गरेको स्थानीय विकास अधिकारी रुद्रप्रसाद पण्डितले वताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE