Khabar Dabali ६ फाल्गुन २०८२ बुधबार | 18th February, 2026 Wed
Investment bank

के भने भरतपुर-१९ मा दोस्रोपटक भोट हालेका मतदाताले ?

\"\"चितवन । भरतपुर–१९ की लीला गुरुङ वर्षे झरीमा छाता ओढेर बिहान ७ बजे शारदानगर मावि आईन । उनी आउँदा झमझम पानी परिरहेको थियो । मत हाल्न खासै धेरै कुर्नुपरेन, लीलाले भनीन–“दुईपटक भोट हाल्न पाएकामा खुशी नै लाग्यो ।” उनको एक हप्तापछि रोपाइँ भएकाले फुर्सद नै छ । यहाँका मतदाताले दुईपटक भोट हाल्न पाउनुलाई अवसरका रुपमा लिएका छन् । अन्य रोपाइँ भएकाहरु पनि फुर्सद मिलाएर आएको बताएका छन् । “जे नहुनु भै त हाल्यो, के भन्नु र, हामीलाई सुविधा चाहियो, त्यही हो”, लीलाले थपीन् । बिहानैदेखि परेको पानीका कारण बिहान ७ बजे निकै कम मतदाता मतदानस्थलमा देखिए पनि क्रमशः बढ्दै गएर उत्साह देखिएको हो । तीन स्थानमा रहेका छवटा मतदान केन्द्रमा बिहान ११ बजेसम्म ४० प्रतिशतभन्दा बढी मतदान भएको शारदानगर उमावि मतदान केन्द्रका मतदान अधिकृत गंगाधर रिमालले बताए । उनका अनुसार ११ बजेसम्म कुनै मतदान केन्द्रमा ४५ प्रतिशतसम्म र कुनैमा ३५ प्रतिशत हाराहारी मतदान भएको छ । त्रिपन्न वर्षीया सन्तमायाँ गुरुङले पनि यो दोस्रोपटक भोट हालिन् । खुसी छु, किन दुःखी हुनुप¥यो र अब, गुरुङले भनीन्, “राम्रो होस्, राम्रो गर्नु, विकास गर्नु, त्यही हो मेरो भन्नु ।” उनले जितेर गएपछि वास्तै नगर्ने नेताहरुको बानी रहेको भन्दै दुःखेसो गरिन् । अहिलेसम्म अन्योलमा बस्नुपरेकाले दुःख लागेको भन्दै मतदाताले निकास हुन्छ र विकासले फड्को मार्छ भनेर भोट हाल्न आएको बताउँछन् । बिहानभरि पानी परे पनि ९ बजेपछि भने केही रोकिएको थियो । मतदानस्थलमा विभिन्न क्षेत्रका पर्यवेक्षकको उपस्थिति बाक्लै रहेको छ । पत्रकारहरु पानीको परवाह नगरी समाचार संकलन गरिरहेका थिए । भरतपुर–१९ का ८३ वर्षका धनमान गुरुङ पनि मतदान गर्न आए । छोरा सुर्जबहादुर गुरुङले उनलार्इ बोकेर ल्याएका थिए । उनी पौने १० बजे भोट हालेर फर्के । युवादेखि वृद्धवृद्धासम्म भोट हाल्न आएका थिए । नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरोका कारण पनि यहाँका मतदाता प्रभावित भएका छन् । काठमाडौँ, पोखरालगायतका स्थानबाट मतदान गर्न आएका धेरै मतदाता मुग्लिनमा नै रोकिएका छन् । नेपाली काँग्रेसका तर्फबाट वडाध्यक्ष उम्मेदवार कर्णबहादुर गुरुङले काठमाडौँबाट दुईवटा माइक्रोबसमा आएका मतदाता पहिरोका कारण मुग्लिनमा नै रोकिएको जानकारी दिए । नेकपा एमालेका तर्फबाट भरतपुर महानगरपालिकाका प्रमुख पदका उम्मेदवार देवीप्रसाद ज्ञवालीले कामको व्यस्तता, झरी र हिलो पार गर्दै उत्साहजनकरुपमा मतदान गर्न सर्वसाधारण आइरहेको बताउँदै यो उत्साह राम्रो भएको बताए । उनले जनता जस्तोसुकै परिस्थितिमा पनि आफ्नो जनप्रतिनिधि छान्न आतुर रहेको देखिएको प्रतिक्रिया दिए । माओवादी केन्द्रका तर्फबाट भरतपुरको प्रमुख पदका उम्मेदवार रेणु दाहालले दोस्रोपटक पुनः मतदान हुँदा पनि मतदाता उत्साहजनकरुपमा मतदानमा सहभागी भएको बताइन् । घरायसी कामको दबाब र मौसमको प्रतिकूलतालाई चिर्दै सर्वसाधारण मतदानमा भाग लिएको उनको भनाइ छ । काँग्रेस उपप्रमुखका उम्मेदवार पार्वती शाहले भनीन्, “पहिले मतदाताले राम्ररी बुझ्न नसकेकाले समस्या भएको आवेशमा गल्ती पनि भयो, अब गल्ती हुँदैन भन्ने मतदाताको भनाइ छ ।” नहुने घटना भएपछि अब अहिले राम्रो भएको उनको भनाइ छ । मतदानस्थलको एकसय मिटर वरपर निषेधित क्षेत्र घोषणा गरेर सुरक्षा व्यवस्था कडा पारिएको चितवनका प्रहरी उपरीक्षक दीपक थापा बताउँछन् । भरतपुर–१९ मा तीनवटा मतदानस्थलमा छवटा मतदान केन्द्र रहेको छ । किरण मावि किरणगञ्ज मतदानस्थलमा एक हजार २४८, जीवनज्योति स्कुल गुञ्जानगरमा एक हजार ३०६ र शारदानगर माविमा एक हजार २४३ गरी कूल तीन हजार ७९७ मतदाता छन् । जेठ १४ गते राति गणनाका क्रममा मतपत्र च्यातिएपछि विवादित बनेर मुद्दा परेको भरतपुर–१९ को विषयमा सर्वोच्च अदालतले शनिबार निर्वाचन आयोगको निर्णय सदर गर्दै पुनः मतदानको फैसला सुनाएपछि आज निर्वाचन भएको हो ।रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE