Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

ट्रम्पले गरे 'समस्याग्रस्त' विधेयकमा हस्ताक्षर

\"\"अमेरिका। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले रुसमाथि प्रतिबन्ध लगाउने विधेयकलाई अनिच्छापूर्वक हस्ताक्षर गरेपछि त्यो कानूनमा परिणत भएको छ । रुसको युक्रेन नीति र गत अमेरिकी राष्ट्रपतीय चुनावमा प्रभाव पार्ने रुसको आरोपित प्रयत्नका कारण पछिल्लो नाकाबन्दी प्रस्ताव गरिएको हो । रुसी प्रधानमन्त्री मेदभेदेवले नयाँ अमेरिकी प्रतिबन्धबारे प्रतिक्रिया दिँदै भने, \"अमेरिकाले रुससँग \"पूर्ण आकारको व्यापार युद्ध\" घोषणा गरेको छ ।\" उक्त कानूनले इरान र उत्तर कोरियामाथि पनि थप प्रतिबन्धको व्यवस्था गरेको छ। राष्ट्रपति ट्रम्पले बन्द कोठामा उक्त विधेयकमाथि हस्ताक्षर गरेका थिए र पछि एउटा विज्ञप्ती जारी गरेर उक्त कानूनका व्यवस्था समस्याग्रस्त रहेको बताए । ट्रम्पले विधेयकको पक्षमा सर्वसम्मत अनुमोदन गरेको अमेरिकी कंग्रेसको आलोचना गरे । विधेयकले रुसमाथिको प्रतिबन्ध फुकुवा गर्ने राष्ट्रपतिको अधिकारलाई सीमित गरिदिएको छ । विधेयकले केही रुसीहरुलाई अमेरिका प्रवेश गर्न अनुमति नदिने र व्यक्तिहरुलाई दिइएको प्रवेशाज्ञा फिर्ता लिन सक्ने व्यवस्था गरेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता दीमित्री पेस्कोभले अमेरिकी निर्णयको आलोचना गर्दै भने, \"त्यो त हाम्रा लागि समाचारै होइन। राष्ट्रपतिले हस्ताक्षर नगरेको भएपनि त्यो स्वत: कानून बन्ने वाला थियो ।\" पुटिनले प्रतिक्रियामा रुसस्थित अमेरिकी दुतावास र कन्सुलेटबाट ७५५ जना अमेरिकी कुटनीतिज्ञलाई सेप्टेम्बर १ तारिखसम्ममा फिर्ता लैजान आदेश दिएका छन् । बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending