Khabar Dabali ५ फाल्गुन २०८२ मंगलवार | 17th February, 2026 Tue
Investment bank

कुलमानले दिए चेतावनी, चाइनिज कम्पनिले सुरु गर्यो काम

[caption id=\"attachment_101855\" align=\"alignleft\" width=\"750\"]\"\" कुलमान घिसिङ[/caption] काठमाडौं । चिनियाँ कम्पनी सेन्ट्रल चाइना पावर ग्रिड सिसिपिजीले महोत्तरीको ढल्केबरमा २ सय २० केभिको सबस्टेसन निर्माणको काम रोकेको एक हप्ता भइसक्दा पनि काम सुरु नभएपछि विद्युत प्राधिकरणले एक हप्ता भित्र काम सरु गर्न चेतावनि दिएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चेतावनी दिएपछि शुक्रबारदेखि पुनः काम सुुरु भएको छ । प्राधिकणका अनुसार दुई महिनाभित्र यसको निर्माण सम्पन्न भइसक्ने छ । प्राधिकरणले ठेक्का तोड्ने चेतावनी दिएपछि मात्र कम्पनीले काम सुचारु गरेको हो । घिसिङका अनुसार अहिलेसम्म करिब ९० प्रतिशत काम सम्पन्न भइसकेको छ । आगामी सुख्खायाममा यो सबस्टेशनमार्फत भारतबाट २ सय मेगावाटसम्म विजुली आयात गर्ने विद्युत प्राधिकरणको योजना छ । स्रोतका अनुसार कम्पनीले प्राधिकरणलाई ढल्केबरको पनि ठेक्का तोड्ने भन्दै घुर्की लगाउँदै आएको थियो । तर प्राधिकरणले पनि आफुहरु समयमै काम सुरु नगरे ठेक्का तोड्ने बताएपछि यसले समयमै काम सुरु गरेको हो । स्रोतले भन्यो, ‘प्राधिकरणका निर्देशक कुलमानले काम सुरु नगरे ठेक्का ताड्ने चेतावनी दिएपछि अन्तत काम सुरु गरेको हो ।’ प्राधिकरणका अनुसार अहिले यो प्रसारणलाइनबाट १ सय मेगावाट बिद्युत आयात भइरहेको छ । केहि समय अघिसम्म यही प्रसारणलाइनबाट १ सय ६० मेगावाटसम्म आयात भएको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE