Khabar Dabali ५ फाल्गुन २०८२ मंगलवार | 17th February, 2026 Tue
Investment bank

यसरी प्रलोभनमा परेर बेचिन्छन सुर्खेतका चेलीबेटी

\"\"सुर्खेत । मानव जीवनकै कलङ्कका रुपमा रहेको चेलीबेटी बेचबिखन सुर्खेतमा पनि अझै समस्याकै रुपमा रहेको छ । मानव जीवनको विकासको सेरोफेरोबाट शुरु भएको मानवीय हिंसाका प्रकृतिहरु फेरिए पनि चेलीबेटी बेचबिखनका घटना रोकिएका छैनन् । सुर्खेतको हकमा चेलीबेटी बेचबिखन समस्याका रुपमा देखापरेको सरोकारवाला निकायले बताएका छन् । सरकारी र गैरसरकारी संस्थाले चेलीबेटी बेचबिखन रोक्न अभियानमा वर्षेनी लाखौँ पैसा खर्च गरेपनि न्यूनीकरण भएका छैनन् । सुर्खेतमा चेलीबेटी बेचबिखन बाहिर नदेखिए पनि आन्तरिक रुपमा यसको जालो ठूलो रहेको महिला तथा बालबालिका कार्यालय, सुर्खेतका प्रमुख जमुना पौडेल बताउँछन् । अदालत र कानुनी सहायता केन्द्रको रिपोर्टअनुसार सुर्खेतमा चेलीबेटी बेचबिखन अत्यधिक मात्रामा हुने गरेको उनको भनाइ छ । जनचेतनाको अभाव र गरिबीका कारण महिला प्रलोभनमा परेर बेचिने गरेको उनले उल्लेख गरे । साबिक मैनतडा, छिन्चु, राकम, पश्चिम क्षेत्रका बाबियाचौर, तातापानी, घाटगाउँ लगायतका महिला बेखबिखनमा पर्ने गरेको प्रमुख पौडेलले जानकारी दिए । यी स्थानहरुमध्ये मैनतडाबाट बढी महिला भारत लगायतका मुलुकमा बेचबिखन हुने गरेको उनले पुष्टि गरे । कमजोर आर्थिक अवस्था, शैक्षिक ज्ञान नहुनु, चेतनाको कमी, बेरोजगार, सीमा समस्या, छोटो समयमा धेरै पैसा कमाउने लालसा जस्ता कारणले प्रभावित भएर महिला जीवनका सबै रहर खोसिएको पत्तो नपाउँदा बेचबिखनमा पर्ने गरेको प्रमुख पौडेलको भनाइ छ । “यहाँबाट बाहिरिँदा वैदेशिक रोजगारी भनेर बाहिरिन्छन्”, पौडेल भन्छन, “सबैथोक वैदेशिक रोजगारी होइन भन्ने चेतनाको कमी हुँदा यहाँका अधिकांश महिला बेचबिखनको उच्च जोखिममा परेका छन् ।” यौन शोषण, दासता, मानव अङ्ग प्रत्यारोपण, जोखिमपूर्ण श्रम, मनोरञ्जन, वैदेशिक रोजगारी तथा घरेलुलगायत विभिन्न शोषणजन्य कार्यका लागि सुर्खेतका महिला तथा बालबालिकाको बेचबिखन हुने गरेको छ । विधिको दुरुपयोगका कारण पनि महिला बेचबिखनमा पर्ने गरेको उनको तर्क छ । बाहिरी जिल्लाबाट वीरेन्द्रनगरमा आउने अधिकांश युवती होटेल तथा रेष्टुरेन्टमा बेचिने गरेका महिला तथा बालबालिका कार्यालयको अध्ययनले देखाएको छ । अध्ययनअनुसार पकेट खर्चको जोहो गर्न धेरैजसो युवती होटेल तथा रेष्टुरेन्टमा बेचिने गर्दछन् । मानव ओसार–पसार रोक्नका लागि कार्यालयले विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको पौडेलले बताए । बेचबिखन रोक्नका लागि साबिकका १० गाविस र पूर्वको भेरीगंगा नगरपालिका र पश्चिमको पञ्चपुरी नगरपालिकामा समिति गठन गरिएको छ । बुधबार वीरेन्द्रनगरमा मानव बेचबिखनविरुद्ध पौरखी समूहले चेलीबेटी बेचबिखन विरुद्धमा हाम्रो अभियानसम्बन्धी एकदिने अन्तरक्रिया पनि गरेको छ । रासस  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE