Khabar Dabali ५ फाल्गुन २०८२ मंगलवार | 17th February, 2026 Tue
Investment bank

माओवादी र कांग्रेस गठबन्धनको सरकार बाँदर र बाघको मित्रता जस्तै हो: बिजुक्छे

\"\"भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले दूई बिपरित धारका पार्टीहरुको मेलबाट बनेको नेकपा माओवादी केन्द्र र काँग्रेसको गठबन्धनको सरकार बाँदर र बाघको मित्रता जस्तै भएकोले यी दुई पार्टीबीचको पछिल्लो मित्रता नेपाली राजनीतिमा बुझन नसकिएको बताएका छन् । रफत सञ्चार क्लबले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै बिजुक्छेंले संशोधनकोे बिषय जति उठान गरे पनि सांसदको खरिद बिक्रि नभए त्यसले पूर्णता पाउन नसक्ने भन्दै यदि संबिधान संसोधन भइहाले त्यो देशकै लागि घातक सावित हुने बताएका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बिगतमा भनेझै भारतले नेपालको सानो सानो बिषयमा समेत हस्तक्षेप गरिरहेको उनले खुलासा गरे । भारतले कार्यालय सहायक देखि लिएर देशका महत्वपूर्ण पदका साथै रोटी बेटीको सम्बन्ध देखाएर तराइका बिभिन्न पारीवारीक घटनाहरुमा समेत हस्तक्षेप गरेको भन्दै त्यसलाई साथ दिने काम सरकार र महत्वपूर्ण पदमा रहेकाहरुले सहयोग गरिरहेको खुलासा गरेका छन् । भारत र चीनको सिमाका बिषयलाई लिएर जसरी आआफूले स्ट्यान लिइरहेका छन् त्यसबाट नेपाल सरकारले सिक्नु पर्ने भन्दै नेपाल र नेपालीको सुरक्षाका लागी रहेका नेपाल प्रहरी, शस्त्र प्रहरी र नेपाली सेनाको भूमिका नदेखिएको उनले बताए । स्थानिय तहको निर्वाचन अघि जसरी नेपाली राजनीतिज्ञहरुले नेपालीलाई नबुझाई सिंहदरवारको अधिकार गाउँ गाउँमा भन्ने नार लगाए हाल यो नै सिंहदरबारका कर्मचारी र नेताहरुका लागि टाउको दुखाई बनेको बिजुक्छेंले टिप्पणी गर्नु भयो । उनले वर्तमान सरकार निमार्णको प्रक्रिया ढिलाई हुनुमा आर्थिक चलखेल रहेको र कसरी कुन मन्त्रालायबाट मन्त्री बन्दा आफ्नो पार्टीले लाभ लिन सक्छ भन्ने खेलकै कारण वर्तमान सरकारले पूर्णता पाउन नसकेको बताएका छन् । कार्यपालिका, न्यायापालिका र व्यवस्थापीकाको विवाद बढ्नुको पछाडी सबैले आफनो मर्यादा विर्सनु नै प्रमुख कारण रहेको उनले बताए । कार्यक्रममा उनले साँसद खरिदबिक्रि नभए संबिधान संशोधनले पूर्णता नपाउने बताएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE