Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

द्वन्द्वकालीन मुद्दा आयोगबाटै किनारा लगाउन सरकारले अदालतलाई आग्रह गर्ने

काठमाडौं, द्धन्द्धकालीन गम्भीर प्रकृतिका घटनामा फौजदारी कानुन र अदालती प्रक्रिया आकर्षित हुने भनी अदालतले गरेको आदेश पुनरावलोकन गर्न सरकारका तर्फबाट आग्रह गर्ने सहमति सत्तारुढ दल र एमाओवादीबीचमा भएको छ ।

विशेष परिस्थितिका गम्भीर प्रकृतिका मुद्दालाई किनारा लगाउन सत्य निरुपण तथा मेलमिलाप आयोग–२०७१ अनुसार नै मुद्दा किनारा लगाउनुपर्ने एमाओवादीसहितका सबै माओवादीको मागअनुसार सरकारले अदालतसमक्ष आफ्नो निर्णयमा पुनर्विचार गर्न आग्रह गर्ने भएको हो । सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कांग्रेस, एमाले र एमाओवादीको बैठकमा प्रधानमन्त्री सुशील कोइरालाले अदालतको आदेश पुनर्विचारका लागि अदालतलाई आग्रह गर्ने निर्णय गरेको एमाओवादी नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए । विशेष अवस्थाका द्धन्द्धकालीन घटनाका विषयलाई सम्बोधन गर्न बनेको असाधारण र विशेष कानुनलाई अनदेखा गर्दै आएको अदालतको आदेश शान्ति प्रक्रिया विपरीत भएको र द्धन्द्धलाई अझ बल्झाउने भन्दै माओवादीले विरोध गर्दै आएको थियो । आयोग गठन ढिलाई हुँदा अदालतमा चलिरहेका मुद्दा अदालतबाटै निरुपण हुने व्याख्याले द्धन्द्धलाई झ्न बढाउने माओवादीको भनाई रहदै आएको छ । आयोग गठन भइसकेपछि आयोगबाटै सबै मुद्दाको किनारा लगाउनुपर्ने भन्दै एमाओवादीसहितका माओवादीले सरकारलाई दबाब दिएका थिए । संविधान निर्माण प्रक्रिया अघि बढ्ने प्रधानमन्त्रीले अदालतलाई सो आदेश पुनर्विचार गर्न आग्रह गर्ने बताएपछि संविधान निर्माण प्रक्रियामा समझदारी भएका विषयलाई डाफ्ट गर्दै जाने र बाँकी विषयमा समझदारी गर्दै जाने सहमति दलबीच भएको छ । कांग्रेस, एमाले र एमाओवादीबीच प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको छलफलपछि १० गतेबाट सुरु हुने संविधानसभा बैठकपछि प्रक्रियामा जान सकिने गरी एमाओवादी लचिलो भएको हो । १० गते अगाडि संविधानको मुख्य विवादित राज्य पुनर्संरचनाको विषयमा तीनवटै दलका शीर्ष नेताले छलफल गर्नेछन् । दोस्रो तहका नेताले प्रस्ताव गरेका विभिन्न विकल्पमा उनीहरुले सहमति खोज्ने भएका हुन् । शीर्ष नेताहरुले १० गतेसम्म सहमति गर्ने नभए फरकमतसहित प्रक्रियामा जाने गरी मोटामोटी सहमति गरेको जानकारी कांग्रेस प्रमुख सचेतक चीनकाजी श्रेष्ठले जानकारी दिए । ‘१० गतेसम्म शीर्ष नेताहरुले सहमतिका लागि प्रयत्न गर्नुहुन्छ, मिलेका विषय सहमतिमा अघि बढ्छन्’ श्रेष्ठले भने, ‘नमिलेका विषय प्रक्रिया जान्छन् र त्यसमा सहमति गर्दै जाने भन्ने भएको छ । यसमा एमाओवादीले पनि सहमति जनाएको छ ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending