Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

६ मन्त्रालयमा मन्त्री पठाउन माओवादीको सूची तयार

\"\"काठमाडाैं । माओवादी केन्द्रले सरकारमा पठाउने मन्त्रीहरुको अन्तिम टुंगो लगाएको छ ।कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार विस्तारमा ढिलाई गरिरहेका बेला माओवादीले सरकारमा जाने मन्त्रीहरुको अन्तिम टुंगो लगाएको हो । अध्यक्ष प्रचण्डसहित पार्टीका वरिष्ठ नेतासहित बसेको वैठकले सरकारमा पठाउने मन्त्रीहरुको टुङगो लगाएको माओवादी स्रोतले जानकारी दियो । कांग्रेस र माओवादीबीच भएको सहमतीअनुसार माओवादीको भागमा ९ र कांग्रेसको भागमा १३ मन्त्रालय परेको छ । जसअनुसार माओवादीले उपप्रधानमन्त्रीसहित गृह,परराष्ट्र र शहरी मन्त्रालयमा मन्त्री पठाइसकेको छ । अन्य ६ मन्त्रालयमा मन्त्री पठाउनको लागि माओवादीले सूची तयार गरिसकेको छ । माओवादीले गिरीराजमणी पोखरेल, टेकबहादुर वस्नेत, महेन्द्र शाही, आशा खनाल, शिव मण्डल र सन्त थारुलाई मन्त्री बनाउने निर्णय गरेको हो । जसअनुसार पौडेलले स्वास्थ्य मन्त्रालय, बस्नेतलाई कृषी, शाहीलाई उर्जा, खनाललाई महिला वालवालिका तथा समाज कल्याण मन्त्रालय र मण्डललाई अापूर्ति मन्त्रालयमा पठाउने तयारी गरेको छ । माओवादीमा प्रदेश नम्वर ६ वाट २ जनाले मन्त्री बन्ने शाैभाग्य पाएका छन् । यसअघि उक्त प्रदेशबाट जनार्दन शर्मा गृहमन्त्रीमा नियुक्त भइसकेका छन् । बरिष्ठ नेता नारायणकाजी श्रेष्ठको समुहवाट पोखरेलले अवसर पाएका छन् । माओवादीले प्रत्येक मन्त्रालयमा राज्यमन्त्री समेत पठाउने तयारी गरेको छ । राज्यमन्त्रीको लागि श्याम श्रेष्ठ, रुपा महर्जन, अमनलाल मोदी र केशव वि.क.लगायतलाई सरकारमा पठाउने तयारी गरेपनि अन्तिम टुंगो भने लागिसकेको छैन ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending