Ntc summer Offer
Khabar Dabali ४ बैशाख २०८१ मंगलवार | 16th April, 2024 Tue
NIMB

३२ लाख २१ हजारले एमआरपी लिए

काठमाडौँ, गत चैत मसान्तसम्म ३२ लाख २० हजार ८९४ जनाले मेसिन रिडेवल पासपोर्ट (एमआरपी) लिएका छन् ।

विसं २०६७ पुस ११ गतेबाट सरकारले एमआरपी दिन सुरु गरेको थियो । २०७१ चैत मसान्तसम्म आइपुग्दा ३२ लाख २० हजार ८९४ जनाले एमआरपी लिएको राहदानी विभागका महानिर्देशक लोकबहादुर थापाले जानकारी दिए ।

जसमध्ये केन्द्रीय विभाग नारायणहिटीबाट १२ लाख ४३ हजार ३५, जिल्लाहरुबाट १६ लाख एक हजार ४६ र विदेशी कुटनीतिज्ञबाट ११ लाख २१ हजार ७७ जनाले एमआरपी लिएको थापाले बताए ।

एमआरपी लिन सुरु भएको समयमा भीड हुने गरेको विभागमा अहिले सेवाको प्रभावकारीतासँगै भीड कम भएको छ ।

विभागका महानिर्देशक थापा भने पहिला पासपोर्ट भर्ने र लिने समय निश्चित दिन तोकिएकाले भीड भए पनि अहिले जुनसुकै बेला राहदानी दिने व्यवस्था मिलाएकाले भीडमा कमी आएको बताउँछन् । थापा भन्छन्– \'कसैको छुटेको वा बाहिरबाट आएको पासपोर्टलाई सेवाग्राहीलाई वितरण गर्न पहिले निश्चित दिन तोकिए पनि अहिले जुनबेला पनि दिने व्यवस्था मिलाइएकाले कमी आएको हो ।\' उनले सरकारले १२ घन्टे सेवा दिएसँगै एमआरपी लिनेको भीडमा कम हुने गरेको बताए ।

उनले भने, \'पहिले जिल्ला गाउँमा ढिला हुने गरेकाले केन्द्रबाट दैनिक चार हजारसम्म राहदानी दिने गरेका थियौँ अहिले जिल्ला र कुटनीतिक विभागबाट प्रभावकारी सेवा सुविधा दिएकाले दैनिक एक हजार ५०० जनालाई राहदानी दिने गरेकाले भीडमा कम आएको हो ।\'

पहिले फर्म र तस्बिर नमिलेको व्यक्तिले एक हप्तापछि मात्र आफ्नो फर्म र तस्बिर नमिलेको थाहा पाउने गरे तापनि अहिले नमिलेका फर्मलाई तत्काल एसएमएस गरेरसमेत सेवाग्राहीलाई थाहा दिँदा सजिलो भएको उनले बताए ।

विभागले पहिले निश्चित समयसम्म फर्म बुझाउने समय तोके पनि अहिले जुनसुकै समयमा फर्म बुझाउने व्यवस्था मिलाएकाले भीड कम भएको विभागले जनाएको छ ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies