Khabar Dabali ५ फाल्गुन २०८२ मंगलवार | 17th February, 2026 Tue
Investment bank

पाँच मेट्रिकटन जडीबुटी निकासी

\"\"म्याग्दी । पहाडी जिल्ला म्याग्दीबाट गत आर्थिक वर्ष २०७३/७४ मा करिब पाँच मेट्रिकटन जडीबुटी निकासी भएको छ । म्याग्दीका वनजंगलमा संकलन गरिएका १५ प्रजातिका चार हजार ७८४ दशमलव ७ केजी जडीबुटी निकासी भएको जिल्ला वन कार्यालयले जनाएको छ । यसैगरी एक हजार २०० केजी अल्लो निर्यात भएको छ । जडीबुटी निकासीका लागि अनुमति दिएबापत रु दुई लाख ५७ हजार ५५ राजश्व संकलन भएको सहायक वन अधिकृत राजकुमार ठाकुरले जानकारी दिए । एक हजार ५०० केजी विषजरा, ६०० केजी नागवली पाउडर, २८६ केजी साधारण च्याउ, ६४० केजी भिरमह, ३०० केजी सुगन्धवाल, ४४९ केजी सतुवा निकासी भएको छ । यसैगरी बहुमूल्य जडीबुटी यार्सागुम्बा ३ दशमलव ७ केजी मात्र निर्यात भएको छ । म्याग्दीबाट निकासी भएका अन्य जडीबुटीमा मैन, निरमसी, कुट्की, अत्तिस, सिलाजित, लौठसल्ला, पदमचाल र वनलसुन रहेका छन् । आर्थिक वर्ष २०७२/७३ मा विभिन्न १५ प्रजातिका १० हजार ६६८ किलो जडीबुटी निकासी भएको थियो । यसैगरी वनपैदावार र जडीबुटीजन्य उद्योगको प्रवद्र्धनका लागि वन कार्यालयले यसमा रु २० लाख अनुदान सहयोग गरेको छ । बेनी नगरपालिका– ९ मा रहेको निलपहरा सामुदायिक वन उपभोक्ता समूह र बेनपा– ३ मा रहेको हिमाली अल्लो कपडा बुनाइ उद्योगले रु दश/दश लाख अनुदान पाएका हुन् । निलपहारा सामुदायिक वन उपभोक्ता समूहले थप रु दुई लाख लगानी गरेर टिमुर पिस्से, सुकाउने, तौलने र प्याकेजिङ गर्ने उपकरण खरिद गरेको छ । हिमाली अल्लो कपडा बुनाइ उद्योगले पनि थप रु दुई लाख लगानी गरेर अल्लो कपडा निर्माणका लागि आवश्यक औजार र कच्चापदार्थ खरिद गरेको जनाएको छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE