Khabar Dabali ५ फाल्गुन २०८२ मंगलवार | 17th February, 2026 Tue
Investment bank

विष्णुमती सफाइ अभियानमा ओली, सबैको सहभागिता हुनुपर्नेमा जोड

[caption id=\"attachment_67420\" align=\"alignleft\" width=\"750\"]\"\" फाइल फोटो[/caption] काठमाडौँ । विष्णुमती सफाइको १५०औँ हप्तामा आज गोंगबु नयाँ बसपार्क क्षेत्रमा विशेष सफाइ गरी नौ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा तीन हजार ५०० को सहभागिता थियो । पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि सफाइमा सहभागी थिए । सफाइपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रकृतिलाई बिगार्ने क्रम बढेकाले सुधार्न सफाइ अभियानको योगदान महत्वपूर्ण हुने बताए । प्रदूषणले रोग निम्त्याउने भएकाले पनि सफाइमा सबैको सहभागिता हुनुपर्नेमा उनले जोड दिए । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्वस्वास्थ्यमन्त्री गगनकुमार थापाले उपत्यकामा सफाइ अभियानबाट देखिने काम भएको बताउँदै राजधानी सहरको प्रतिष्ठा बढाउन पनि सफाइ अभियानलाई निरन्तरता दिइनुपर्नेमा जोड दिए । नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य एवं पूर्वमन्त्री गिरिराजमणि पोखरेलले नदी संस्कृतिको अंग भएकाले सहर जोगाउन नदी संरक्षण गरिनुपर्ने धारणा व्यक्त गरे । राप्रपाकी नेत्री कुन्तीकुमारी शाहीले उपत्यकाको सभ्यताको स्रोत नदी संस्कृतिलाई जीवन्त बनाउन सफाइ अभियानले महत्वपूर्ण भूमिका खेलेको बताए । मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्रीले उपस्थित सफाइ अभियन्तालाई शपथ खुवाउँदै नदी सफाइ अभियानलाई निरन्तरता दिएर आफूले लिएको शपथ पूरा गर्ने प्रतिबद्धता जनाएका छन् । कार्यक्रममा सचिवद्वय दीपेन्द्रनाथ शर्मा र विश्वनाथ ओली, कलाकारद्वय मनोज गजुरेल र सीताराम कट्टेललगायतको सहभागिता थियो । सो अवसरमा बूढानीलकण्ठ, टोखा र तारकेश्वर नगरपालिकाका प्रमुख क्रमशः उद्धवप्रसाद खरेल, प्रकाश अधिकारी र रामेश्वर बोहरालाई वडास्तरमै विष्णुमती सफाइ अभियान चलाउन प्रतीकात्मकरुपमा जिम्मेवारी हस्तान्तरण गरिएको सफाइ अभियन्ता एवं गायत्री परिवारका डा राजु अधिकारीले जानकारी दिए । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE