Khabar Dabali ५ फाल्गुन २०८२ मंगलवार | 17th February, 2026 Tue
Investment bank

स्थानीय तहको विकासका लागि मन्त्रालय र महासङ्घबीच समझदारी

\"\"काठमाडौँ । स्थानीय तहको विकास र विस्तारका लागि संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय र नेपाल उद्योग वाणिज्य महासङ्घबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा आज आयोजित कार्यक्रममा मन्त्रालयका सहसचिव रुद्रसिंह तामाङ र नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष भवानी राणाबीच १५ बुँदे समझदारीपत्रमा हस्ताक्षर भएको हो । समझदारीपत्रमा स्थानीय तहमा वार्षिक योजना, कार्यक्रम बनाउँदा उद्योग क्षेत्रको प्रतिनिधित्व गर्नुपर्ने, उत्पादित सामान सहज बिक्री वितरण उद्योग जिल्ला तथा गाउँमा रहेका वाणिज्य सङ्घहरुले सहयोग गर्ने, उद्योग क्षेत्रको विकास निर्माणमा आवश्यक पर्ने प्राकृतिक साधन स्रोतको समुचित प्रयोगमा उद्योग सङ्घले सहयोग गर्ने उल्लेख छ । यस्तै सुमधुर श्रम सम्बन्ध कायम गराउन आपसी समन्वय गर्ने, सामाजिक सुरक्षा भत्तालगायतका सुविधालाई बैंकमार्फत वितरण गर्न उद्योग वाणिज्य सङ्घले सहयोग गर्ने, पूर्वाधार विकास, शहरी विकास योजना, बिमा, पर्यटन, वातावरण संरक्षण, जनस्वास्थ्य, विपद् व्यवस्थापन, भू–उपयोग तथा जग्गा व्यवस्थापन, कर प्रशासन सुधार, योजना तर्जुमा कार्यान्वयन र अनुगमनलाई जिल्ला, नगर र एकाइसँग सहकार्य गरिने भएको छ । यसैगरी लघु, घरेलु तथा साना उद्योग व्यवसायको स्थापना, विकास विस्तार तथा बजारीकरणजस्ता कार्यमा स्थानीय तहसँग सहकार्य गर्ने, उद्यमीको क्षमता अभिवृद्धि एवं सीप विकास गर्न स्थानीय तहमा प्राविधिक तथा व्यावसायिक प्रशिक्षण प्रवद्र्धन गर्ने, स्थानीय तहको स्रोत परिचालन गर्ने सम्बन्धमा नेपाल उद्योग वाणिज्य महासङ्घसँग समन्वय गर्ने समझदारीपत्रमा उल्लेख छ । कार्यक्रममा मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले समृृद्ध स्थानीय तह निर्माणका उद्योग क्षेत्रको विकास आवश्यक रहेको भन्दै निजी क्षेत्रसँग सहकार्य गरेको बताए । उनले स्थानीय तह सञ्चालनका लागि मन्त्रालयले बनाउनुपर्ने ऐन, नीति मन्त्रालयले बनाउने बताउँदै यसको कार्यान्वयनका लागि स्थानीय तहले आवश्यक सहयोग गर्नुपर्ने बताएका छन् । महासङ्घ अध्यक्ष राणाले देशको विकासका लागि निजी क्षेत्रको समेत महत्वपूर्ण भूमिका रहने भन्दै मन्त्रालयले निजी क्षेत्रलाई समावेश गरेर राम्रो कार्यको थालनी गरेको बताउनुभयो । उनले भने– “यो अभियानले मुलुकलाई समृद्ध बनाउन सहयोग पुग्नेछ ।” अध्यक्ष राणाले मुलुक संघीयतामा गएको अवस्थामा यस्ता सम्झौताले ठूलो महत्व राखेको बताएका छन् । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE