Khabar Dabali ५ फाल्गुन २०८२ मंगलवार | 17th February, 2026 Tue
Investment bank

गुंला पर्वको तयारी सम्पन्न, श्रावण ९ देखि भाद्र ६ सम्म मनाइने

\"\"भक्तपुर । भक्तपुरमा सवा लाख चैत्य बनाउने धार्मिक पर्व गुंला धलं धुमधामका साथ मनाउने तयारी गरेको छ । रफत सञ्चार क्लबमा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा गुंला ङकधलं ब्यवस्थापन समितिले सात बर्ष पछि मनाउन थालिएको गुंला पर्वका लागि सम्पूर्ण तयारी भइसकेको जानकारी दिएको हो । समितिका अध्यक्ष जीतलाल मानन्धरले गुंला पर्व परापुर्व कालदेखि मानन्धर समुदायले गुंलाथ्व पारु देखि ञलाथ्व पारु अर्थात श्रावण ९ गतेदेखि भाद्र ६ गतेसम्मबिभिन्न धार्मिक कार्य गरि मनाउने गरिएको जानकारी दिएका हुन् । कार्यक्रममा समितिका सचिव रामकृण मानन्धरले गुंला पर्व बुद्ध धर्मवालम्बी नेवारहरुको मात्र नभएर सम्पूर्ण नेपालीहरुको ऐतिहासिक पर्व रहेको जानकारी समेत दिएका छन् । उनले गुंला पर्व मनाउनका लागि आर्थिक अभाव रहेता पनि मानन्धर समुदायहरुको सहयोगबाट यो पर्वलाई सम्पन्न गर्न थालिएको जानकारी दिएका छन् । प्रत्येक दिन नौ बाजामा चार पाँच बर्षदेखि सत्तरी असी बर्षसम्म समूहका मानिसहरुको सहभागी रहने एक महिने गुंला पर्वमा उपत्यका लगायत आसपासका चैत्य र बिहारका साथै बौद्ध र हिन्दु धार्मिक तिर्थ स्थलहरुको परिक्रमा गरि धंल बनाएको घरमा बिर्सजन गरिने चलन रहेको उनले जानकारी दिएका छन् । गुंला पर्वका लागि नौ लाख खर्च लाग्ने जानकारी दिँदै एक लाख तिस हजार समितिका सदस्यबाट रकम संकलन गरिएको र अन्य बाँकि चन्दाबाट संकलन गरिएको पत्रकार भेटघाटमा जानकारी गराईएको थियो । एक महिनासम्म पर्वमा सहभागि रहेका ७० ब्रतालुले नुन नखाई एक छाक मात्र खाएर बस्ने गुंला पर्व अवधिभर बिहान बेलुका पुजा अर्चनाका साथै गुंला ङक धलं नौ बाजाको जीवन्तता समेत दिने परम्परा रहको कार्यक्रममा जानकारी गराईएको थियो । कार्यक्रममा सहभागी अन्य बक्ताहरुले भक्तपुर कला र संस्कृतिको धनी जिल्ला भएको र कला र संस्कृतिको थप संरक्षण र प्रर्बदनमा मानन्धर समुदायले मनाउँदै आएको गुंला पर्वले नौ बाजा लगायत संस्कृतिको संरक्षण टेवा पु¥याएकाले यसको जीवन्तताको लागि सबै पक्षको सहयोगको अपेक्षा रहको बताएका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE