Khabar Dabali ५ फाल्गुन २०८२ मंगलवार | 17th February, 2026 Tue
Investment bank

वन्यजन्तुको आक्रमणबाट चौध जनाले गुमाए ज्यान

\"\"चितवन । चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा वन्यजन्तुको आक्रमणबाट ज्यान गुमाउनेको संख्या बढ्दै गएको छ । जंगली जनावरको आक्रमणबाट गत आर्थिक वर्षमा यस क्षेत्रमा १४ जनाले ज्यान गुमाएका छन् । तीमध्ये सबैभन्दा बढी गैँडाको आक्रमणबाट सातजना, हात्तीको आक्रमणबाट पाँचजना र बाघको आक्रमणबाट दुई जनाले ज्यान गुमाएको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ । निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालका अनुसार गत आर्थिक वर्षमा वन्यजन्तुको आक्रमणबाट ३० जना घाइते भएका छन् । गैँंडा, हात्ती, बाघ, बँदेल, गोहीलगायत जनावरले उनीहरुलाई आक्रमण गरेको थियो । यसैगरी उक्त अवधिमा मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न र दिसापिसाब गर्न जाँदा वन्यजन्तुको आक्रमणबाट ६ जनाको मृत्यु भएको थियो । साँझ घरबाट बाहिर जाँदा बाटोमा दुई जना र खेतबारीमा काम गर्न जाँदा दुई जनाको मृत्यु हात्तीको आक्रमणबाट भएको जनाएको छ । हात्ती प्रजनन् केन्द्रमा जंगली हात्तीको आक्रमणबाट एक भारतीय पर्यटकको मृत्यु भएको थियो । घरमै बसिरहेको बेला पनि जंगली जनावरले आक्रमण गरेर मानिसको मृत्यु हुने गरेको छ । यो तथ्याँकलाई हेर्दा मानवीय त्रुटीका कारणले धेरैको ज्यान गएको देखिन्छ । आर्थिक वर्ष २०७२÷७३ मा वन्यजन्तुको आक्रमणबाट पाँच जनाको मृत्यु भएको थियो । वन्यजन्तुको आक्रमणबाट मृत्यु भएकालाई रु पाँच लाख क्षतिपूर्ति र घाइते भएकालाई रु एक लाख सम्म उपचार खर्च दिने व्यवस्था निकुञ्जको छ । दुबै क्षतिपूर्ति रकमलाई अहिले दोब्बर बनाइएको छ । गत आर्थिक वर्षमा क्षतिपूर्तिवापत निकुञ्जले रु ९४ लाख २२ हजार ३१ रकम वितरण गरेको थियो । गत आर्थिक वर्षमा वन्यजन्तुले ९४ परिवारको घरपालुवा जनावर मारेर क्षति पु¥याएको थियो भने ३२० परिवारको अन्नबाली नष्ट गरेको थियो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले अनधिकृत रुपमा निकुञ्ज र मध्यवर्ती क्षेत्रमा प्रवेश गरेकै कारण धेरै जनधनको क्षति वन्यजन्तुबाट भएको बताएका छन् । जथाभावी रुपमा निकुञ्ज र मध्यवर्ती क्षेत्रमा प्रवेश नगरेमा र सावधानी अपनाउन सकेमा यस्ता दुर्घटना न्यून हुने पनि उनले भने । ९५२ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको निकुञ्जको मध्यवर्ती क्षेत्र ७३० वर्गकिलोमिटरमा फैलिएका छन् । जहाँ करिब तीन लाख जनसंख्या बसोवास गर्दछन् । उनीहरु घाँस, दाउरालगायत वनपैदावारका लागि मध्यवर्ती क्षेत्रमा आश्रित छन् । पछिल्लो समय दुर्लभ वन्यजन्तुको संख्या बढ्दै गएकाले पनि मानवीय क्षतिका घटना बढेको अनुमान छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE