Khabar Dabali ४ फाल्गुन २०८२ सोमबार | 16th February, 2026 Mon
Investment bank

मानव तस्करसँग कर्मचारीको मिलेमतो : नक्कली श्रम स्टिकर टाँसेर युएइ पठाएको खुलासा

\"\"युएइ । वैदेशिक रोजगारीका लागि काठमाडौंको ठमेलस्थित अर्थ लाइन ट्राभल्सबाट युएइ आएका एक नेपालीको पासपोर्टमा नक्कली श्रम स्वीकृति दिएको रहस्य खुलेको छ । मकवानपुर स्थायी ठेगाना भएका अरुण नेगीको पासपोर्टमा युएइमा रहेको ट्रान्सगार्ड सेक्युरिटी कम्पनीको नाम र १६ सय ५१ दिराम तलव उल्लेख गरी श्रमको नक्कली स्टिकरसमेत टाँसिएको भेटिएको युएइस्थित नेपाली दूताबासले बताएको छ । राम्रो काम र तलव सुविधा हुने आश्वासन दिएर अर्थ लाइन ट्राभल्सले नेगीसँग २ लाख ७० हजार रुपैयाँ लिएको थियो । उसले श्रमको नक्कली स्टिकर टाँसी युएइ पठाएको भएपनि अध्यागमनले चेकजाँच नै नगरी छोडेपछि प्रशासनको समेत मिलेमतो रहेको खुल्न आएको छ । सामन्य लेखपढ गरेका नेगीले आफुलाइ ट्राभल्सले झुक्याएर पठाएको बतायका छन् भने युएइ स्थित नेपाली दूतावासले नेगीको पासपोर्टमा टाँसिएको श्रमको स्टिकर छाप र हस्ताक्षर समेत नक्कली रहेको बताएको छ। भिजिट भिसाको बहानामा मानव तस्करको काम गर्दै आएको ट्राभल्सले विभिन्न समयमा युएइ ल्याइ युएइको मुसफा ३२ स्थित एक घरमा अलपत्र पारेका ४० नेपाली मध्य २० जना नेपालीले युएइ स्थित दूतावासमा आफूहरु पीडित भएको निवेदन दिए पश्चात् छानबिन गर्दा नेपालबाट नै सेटिङमा युएइ पठाएको खुल्न आयको हो । यता घटना बाहिर आएसँगै ट्राभल्सका युएइ एजेन्ट साजन भनिने प्रेम पान्डेले पीडित नेपालीलाई दैनिक जसो कुटपिट गर्ने तथा ज्यान मार्न धम्की दिने गरेका छन् । उनले दूतावासका कर्मचारी र प्रशासनसँग आफ्नो सम्बन्ध भएको भन्दै दूतावासका केहि कर्मचारीसँग सँधै जसो फोन सम्पर्क गर्ने गरेको पीडितले बताएका छन् । \"\"यस्तै अलपत्र परेका २० जना मध्ये पाँच जना भिसा अवधि सकिसकेको र युएइको अध्यागमनलाई बुझाउनुपर्ने जरिवाना रकम नेपाली २ लाख ५० हजारसम्म पुगेको पीडितले बताएका छन् । एजेन्टले जरिवानानै नतिरी आफूहरुलाइ युएइ आउन प्रतिवन्ध नै गरेर पठाउने तयारी गरेको पीडितको भनाइ रहेको छ । दूतावासमा निवेदन हालेको दुई हप्ता पुग्दा समेत दूतावासले कुनै चासो नदियको तथा आफूले कारबाही गर्न नसक्ने बताएपछि यतिखेर अलपत्र परेका २० नेपाली को युएइमा बिचल्ली भएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE