Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

चीनको भारतलाई चेतावनी– सेना फिर्ता गर या युद्दका लागि तयार होउ

\"\"हङकङ । चीनले आफ्नो सीमा क्षेत्रमा रहेको भारतीय सैनिक तत्काल फिर्ता गर्न पुनः चेतावनी दिएको छ । सिक्किम सीमा क्षेत्रमा जारी १५ हप्तादेखिको विवादका बारेमा विदेशी कुटनीतिज्ञहरुलाई जानकारी गराएको केही समयपछि चीनले भारतलाई तत्काल अवस्थाको गम्भीरता बुझ्न भनेको हो । “भारतले हाम्रो सीमामा अवैधरुपमा प्रवेश गरेका सेनाहरुलाई तत्काल फिर्ता गरोस्, यो नहुँदासम्म सीमा विवाद हल हुन्न ।” चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लु काङले नियमित प्रेस सम्मेलनमा भने, “धैर्यताको पनि सीमा हुन्छ, तत्काल गम्भीरता नदेखाए भारतले जस्तोसुकै परिणामका लागि पनि तयार हुनुपर्छ ।” चीनले बुधबार मात्रै तिब्बत र सिक्किमसँग जोडिएको सीमा क्षेत्रमा युद्द अभ्यास गरेको छ । सैन्य क्षमता निखार्न यो अभ्यास गरिएको मिडियाहरुले जनाएका छन् । यसअघि चीनले उक्त क्षेत्रमा सैन्य बन्दोबस्तीका सामान ओसारेको थियो । चुलिएको तनावलाई भारतले गम्भीरतापूर्वक नलिने अवस्थामा यो क्षेत्रमा युद्द हुने संकेत देखिएको विश्लेषकहरुले बताएका छन् । यता भारतले भने चीनको चेतावनीलाई प्रोपोगान्डाकारुपमा लिएको छ । भारतले उक्त क्षेत्र आफ्नो सीमाभित्रै पर्ने दावी गरेको छ । सिक्किम सीमामा चीनसँग लडाई हुने अवस्थामा यसको सबैभन्दा ठूलो असर छिमेकी भुटान र त्यसपछि नेपाललाई पर्ने देखिन्छ । भारतले अमेरिका र जापानको सहयोग प्राप्त गर्ने भएपनि चीन अमेरिकाको जटिल सम्बन्धका कारण अमेरिकाले सोझै भारतलाई सहयोग गर्ने सम्भावना भने देखिँदैन । चीनले भने आफ्नो सीमाको रक्षाका लागि जस्तोसुकै कदम समेत चाल्न सक्ने बारम्बार बताउँदै आएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending