Khabar Dabali ४ फाल्गुन २०८२ सोमबार | 16th February, 2026 Mon
Investment bank

सम्बन्धित जिल्लाबाटै स्थानीय तहमा कर्मचारी खटाइने, ५८ हजार कर्मचारी अपुग

\"\"काठमाडौं । सरकारले स्थानीय तहका लागि आवश्यक कर्मचारी सम्बन्धित जिल्ला कार्यालयबाटै खटाउने भएको छ । प्रदेश कानून नबन्दासम्म सङ्क्रणकालीन अवस्थाका लागि जिल्लास्थित विभिन्न कार्यालयबाट स्थानीय तहमा कर्मचारी खटाउ लागिएको हो । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले सङ्घ र प्रदेशको निर्वाचन नहुँदासम्म सरकारले जिल्लाभित्रका विभिन्न सरकारी कार्यालयबाट खटाउने जानकारी गराए । स्थानीय तहमा कर्मचारी खटाउनका लागि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला कर्मचारी व्यवस्थापन समिति गठन गरिएको छ । प्रजिअले जिल्ला भित्रका नगरपालिका/गाउँपालिकामा आवश्यक कर्मचारी व्यवस्थापन गर्नेछन् । समितिले स्थानीय तहलाई संविधानले दिएको २२ वटा कामका आधारमा जिल्लामा रहेका कार्यालयबाट कर्मचारी खटाउनेछन् । स्थानीय तहमा काम थपिएपछि कर्मचारी पनि धेरै चाहिने भएको छ । सचिव थपलियाका अनुसार स्थानीय तहका लागि करिब ७५ हजार कर्मचारी आवश्यक पर्नेछ । अहिले स्थानीय तहमा करिब १७ हजार मात्र कर्मचारी छन् । यो हिसावले ५८ हजार कर्मचारी अपुग रहेको छ । मन्त्रालयका सहप्रवक्ता इन्द्राकुमारी थपलियाले प्रजिअलाई सम्बन्धित जिल्लाका स्थानीय तहमा अपुग कर्मचारी खटाउन जिम्मा दिइएको बताए । “संविधानबमोजिम स्थानीय तहले गर्ने २२ वटा काम जुन कार्यालयको भागमा परेको छ ती कार्यालयका कर्मचारी नै समितिले स्थानीय तहमा खटाइने छ”, उनले भने, “सङ्क्रमणकाल भएकाले हामीले अन्य कार्यालयबाट कर्मचारी लिई स्थानीय तहको काम सञ्चालन गर्न पनि भनेका छौँ ।” सहप्रवक्ता थपलियाले तीनै तहको निर्वाचनपछि प्रदेश कानून बनेपछि स्थानीय तहले आफैं कर्मचारी राख्न सक्ने जानकारी गराए । मन्त्रालयले सङ्क्रमणकालीन अवस्था भएका कारण अहिले कार्यकारी अधिकृतसमेत काजमा पठाएको छ । सहप्रवक्ता थपलियाले प्रदेश कानून बनेपछि मात्र कार्यकारी अधिकृत पनि पठाइने उनले बताए । सरकारले महानगरपालिका/उपमहानगरपालिकामा सहसचिव, नगपालिकामा उपसचिव र गाउँपालिकामा शाखा अधिकृत खटाउने निर्णय गरेको थियो । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE