Khabar Dabali ४ फाल्गुन २०८२ सोमबार | 16th February, 2026 Mon
Investment bank

कागजात कीर्ते गरी सवारी किनबेच गर्ने श्रेष्ठ पक्राउ, ठगिएका ३५ जना प्रहरीमा पुगे

\"\"भीमदत्तनगर । सवारीसाधन खरिद गरेर ठगिएका ३४ जना न्यायको माग गर्दै कञ्चनपुर जिल्ला प्रहरी कार्यालय पुगेका छन् । गत असार २९ गते प्रहरीले सरकारी कागजात कीर्ते गरी सवारीसाधान यातायात कार्यालयमा दर्ता गरी किनबेच गर्दै आएका कैलाली भजनीका गोकुलप्रसाद श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएपछि निजबाट सवारीसाधन खरिद गरेर ठगिएका ३४ जना न्यायका लागि प्रहरीमा पुगेका हुन् । कैलाली र कञ्चनपुरलगायत देशका विभिन्न भागमा श्रेष्ठले बिक्री गरेका जिप तथा मोटरसाइकलका धनी आफ्ना लाखौँ रुपैयाँ डुबेपछि न्यायका लागि प्रहरीमा आएका हुन् श्रेष्ठविरुद्ध महाकाली अञ्चल यातायात कार्यालयले केही दिनअघि सरकारी कागजात कीर्ते गरेर सवारीसाधन दर्ता गरेको भन्दै प्रहरीमा कीर्ते जालसाजी मुद्दा दायर गरेको थियो । प्रहरीले नियन्त्रणमा लिएकामध्ये अधिकांश सवारी साधन श्रेष्ठले विक्री गरेको पाइएको छ । “रु साढे चार लाखको मोटरसाइकल सक्कली कागजात देखाउँदै डेढ लाखमा बिक्री गर्न ल्याएपछि किनिहालेँ”, श्रेष्ठबाट केही महिनाअघि बुलेट मोटरसाइकल खरिद गरेका धनगढीका एक युवकले रासससंग भने, “ निज श्रेष्ठ पक्राउ परेपछि मात्रै उनको अवैध धन्दा थाहा पायौँ ।” उसले बिक्री गरेका नौवटा जिप÷कार र २५ वटा मोटरसाइकल खरिद गरेका अन्य स्थानीयवासी आफूहरु ठगिएको भन्दै उजुरी गर्न आएको प्रहरी निरीक्षक हिरेन्द्रबहादुर रोकायाले जानकारी दिए । “केही व्यक्तिबाट ठगीको उजुरी आएको छ ”, प्रहरी निरीक्षक रोकायाले भने, “अहिले कीर्तेमा अनुसन्धान हुँदैछ । त्यसपछि ठगीमा पनि हुन्छ ।” श्रेष्ठले रु ५० लाख पर्ने जिप २० लाखमा बिक्री गरेको अनुसन्धानमा देखिएको छ । “श्रेष्ठले कति वटा सवारीसाधन किनबेच गरेको रहेछ भन्ने थाहा भइसकेको छ”, निरीक्षक रोकायाले भने, “हामीले सबै सवारीधनीलाई सवारीसाधनसहित कार्यालयमा आउन भनिसकेका छौँ ।” प्रहरीको आग्रहपछि अझै धनगढी र महेन्द्रनगरका ठगिएका व्यक्ति धमाधम प्रहरीको सम्र्पकमा आउन थालेका छन् । श्रेष्ठबाट सवारीसाधन खरिद गर्नेमा प्रहरीका अधिकारी, यातायात कर्मचारी, अन्य सरकारी कर्मचारी र व्यापारी छन् । कीर्ते कागजात गरी यातायात कर्मचारीसित मिलेमतो गरी किनबेच गर्दै आएको श्रेष्ठले अवैध काममा अन्य व्यक्ति समेत संलग्न रहेको प्रहरीसमक्ष बयान दिएसँगै प्रहरीले उनीहरुको पनि खोजी गरिरहेको छ । अभियुक्त श्रेष्ठले विगत ६ महिनायता बर्दियाको गुलरिया छोटी भन्सार कार्यालयबाट सवारीसाधन लिलाम गरेका कागजात यातायात कार्यालयमा दर्ता गर्ने क्रममा पेश गरी उक्त अवैध धन्दा गर्दै आएको थियो । प्रहरीले श्रेष्ठको साथमा रु एक लाख नगद, दुई थान ल्यापटप, एक दर्जन गाडीका ब्ल्यु बुक, बैंकमा राजश्व दाखिला गरेको भौचर लगायतका सामग्रीसमेत बरामद गरेको थियो । सवारीसाधन दर्ता गरी सक्कली बनाएर किनबेच गर्ने उक्त कार्यमा सेती र महाकाली अञ्चल यातायात व्यवस्था कार्यलयका केही कर्मचारी पनि संलग्न देखिएका छन् । चोरीका सवारीसाधन भारतबाट आयात गरी कीर्ते गरेको घटना सार्वजनिक भएपछि यहाँको नेपाल–भारत सीमावर्ती भारतीय सुरक्षाकर्मीले पनि यस विषयमा चासो लिएको छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE