Khabar Dabali ४ फाल्गुन २०८२ सोमबार | 16th February, 2026 Mon
Investment bank

राप्रपाभित्रको विवाद अझै मिलेन

  \"\"काठमाडौं । आन्तरिक विवाद मिल्न नसक्दा राष्ट्रिय प्रजातन्त्र पार्टीको बुधबारदेखि हुने केन्द्रीय कार्यसमितिको बैठकमा असन्तुष्ट पक्ष सहभागी नहुने स्थिति देखा परेको छ । पछिल्लोपटक पार्टी अध्यक्ष कमल थापाले ४२ जना केन्द्रीय सदस्य मनोनयन गरेपछि विवाद चुलिएको हो । असन्तुष्ट पक्षको नेतृत्व गर्दै आउनुभएका वरिष्ठ नेता पशुपति शम्शेर राणाले सो निर्णय सच्चाउन माग गरेको तर त्यसलाई संस्थापन पक्षले नकारिदिएपछि विवाद बल्झिएको हो । नेता राणाले पार्टीमा आफूसँग परामर्श नगरी अध्यक्ष थापाले एकतर्फी रुपमा गरेको निर्णयले पार्टीलाई निरंकुश बनाउने बताउछन् । संगठनलाई प्रजातान्त्रिक बनाउन आफ्नो पक्षले भूमिका निर्वाह गर्ने उनको भनाइ छ । पार्टी नेतृत्वले गलत निर्णयलाई नसच्चाएमा केन्द्रीय कार्यसमितिको बैठकमा आफू सहभागी हुन नसक्ने उनी बताउँछन् । पार्टीमा १६३ केन्द्रीय सदस्यको व्यवस्था गरिएकामा अहिलेसम्म चुनाव र मनोनयनमार्फत १५२ सदस्य पद पूर्ति गरिएको छ । पार्टीमा रिक्त रहेको ११ केन्द्रीय सदस्य भने असन्तुष्ट पक्षको सिफारिशमा मनोनयन गर्ने सम्भावना रहेको भए पनि असन्तुष्ट पक्षले त्यसलाई नकारेपछि नेतृत्व वर्गलाई चुनौती थपिएको हो । संस्थापन तथा असन्तुष्ट दुवै पक्ष आ–आफ्ना अडानबाट टसमस नभएपछि विवाद उत्कर्षतर्फ जाने खतरा बढेको छ । संस्थापन पक्षका अनुसार असन्तुष्ट पक्षले पार्टीले लिएका वैचारिक सिद्धान्तमा खासै फरक मत राखेको छैनन् तर चुनाव चिह्न गाईलाई परिवर्तन गरी हलो राख्नुपर्ने कुरा मात्र उठाएका छन् । संविधान संशोधनका विषयमा दुवै पक्ष मतैक्यता देखिएपनि सरकारमा सहभागी हुने विषयमा मतभेद कायमै छ । स्थानीय तहका छ प्रदेशमा भएका चुनावमा अपेक्षाकृत परिणाम प्राप्त गर्न नसकेपछि पार्टी नेतृत्वमाथि प्रश्न उठेको छ । आन्तरिक समस्यालाई समाधान गर्न विभिन्न तहमा छलफल जारी छ । त्यसका लागि पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द तथा वरिष्ठ नेता राणाका बीच पनि वार्ता भएको छ । केन्द्रीय कार्यसमितिको बैठकअगावै विवाद सुल्झाउन पार्टीको विभिन्न तहमा बैठक बसिरहेको र दुवै पक्षलाई मिलाएर बैठकमा सहभागी गराउन मध्यममार्गी नेताले प्रयास गरिरहेको पार्टी प्रवक्ता भुवन पाठकले जानकारी दिए । केन्द्रीय समितिको बैठकमा पार्टीका पूर्व पदाधिकारी तथा केन्द्रीय सदस्यलाई समेत बोलाइएको छ । पार्टीका पदाधिकारी तथा केन्द्रीय सदस्य गरी अहिले १५२ सदस्य रहेकामा अब पूर्व नेतालाई सहभागी गराउँदा करिब २०० जना थपिन सक्ने अनुमान गरिएको छ । देशभरका नेता तथा कार्यकर्ता पार्टी एकताबद्ध भई बाँकी निर्वाचनमा सहभागी होस् र कुनै पनि हालतमा पार्टी नटुटोस् भन्ने हो भन्नुहुन्छ नेता किरण गिरीले बताउनुभयो । दुवै पक्षका त्रुटिको समीक्षा गरी नयाँ समझदारी कायम गराउन समय थोरै छ । पार्टीले सरकारमा सहभागिता जनाउने विषयमा बैठकमा सहभागी नेताले गम्भीरतापूर्वक छलफल गर्ने भएकाले यो बैठकलाई महत्वका साथ हेरिएको छ । बैठकमा सहभागी हुन देशभरबाट नेताहरुको काठमाडौँ आउने क्रम शुरु भएको छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE