Khabar Dabali ४ फाल्गुन २०८२ सोमबार | 16th February, 2026 Mon
Investment bank

भौतिक संरचना नहुँदा कर्मचारी अलपत्र

\"\"डडेल्धुरा । भौतिक संरचना नहुँदा स्थानीय तहमा कामकाज गर्नका लागि समस्या भएको छ । स्थानीय तहको निर्वाचनपछि यही साउन १ गतेदेखि स्थानीय तहमै जिल्लास्तरका सरकारी कार्यालयले कामकाज शुरु गर्न थाले पनि कार्यालय सञ्चालनका लागि भौतिक संरचना छैन । “गाउँपालिकाबाटै सरकारी सेवा दिन खोजिए पनि कार्यालय सञ्चालनका लागि भौतिक संरचना नहुँदा काम शुरु हुनसकेको छैन”, भागेश्वर गाउँपालिका अध्यक्ष कौशिला भट्टले भनिन् । कार्यालय सञ्चालनका लागि न त सरकारी घर छ, न निजी घर । कार्यालय सञ्चालन त परै जाओस् कर्मचारीको आवासका लागि समेत घर भाडामा नमिलेको भट्टले बताइन् । गाउँपालिकाको सानो घरमै जिल्लाबाट गएका सरकारी कार्यालयका कर्मचारी बस्ने गरेका छन् । “ कार्यालय सञ्चालनका लागि पहिला भवनको खोजी गरेर मात्रै पठाइनुपथ्र्यो”, भट्टले बताइन् । अमरगढी नगरपालिकासहित अन्य छ स्थानीय तहमा भवनलगायत भौतिक संरचना नहुँदा कार्यालय सञ्चालनमा समस्या हुने गरेको छ । भवन नहुँदा सेवाग्राहीलाई सेवा दिनसकिएको छैन । सरकारले स्थानीय तहमै अधिकांश सेवा दिनका लागि कर्मचारी पठाए पनि कार्यालय स्थापनाका लागि भवन नहुँदा कार्यालय व्यवस्थापन हुनसकेको छैन । यति मात्रै नभई स्थानीय तहमा गएका कर्मचारीलाई आवासका लागि समेत समस्या भएको छ । बेल्जियमका विद्यार्थी भवन निर्माणमा कुष्ठरोग र क्षयरोगको उपचारका लागि बेल्जियममा कक्षा १० मा अध्ययनरत १२ विद्यार्थी आजभोलि स्वास्थ्यसम्बन्धी भवन निर्माणमा व्यस्त रहेका छन् । दामियन फाउण्डेशन बेल्जियम नेपालको आर्थिक सहयोगमा उपक्षेत्रीय अस्पताल डडेल्धुरामा आठकोठे भवन बन्दैछ । सुदूरपश्चिम उपक्षेत्रीय अस्पताल डडेल्धुरामा निर्माण भइरहेको उक्त भवनको निर्माणका लागि विद्यार्थीले काम गर्ने गरेका छन् । सुदूरपश्चिमका सात वटै पहाडी जिल्लाका बिरामीको उपचार केन्द्रका रुपमा भवन निर्माण भइरहेको सुदूरपश्चिम उपक्षेत्रीय अस्पताल डडेल्धुरा विकास समितिका अध्यक्ष लक्ष्मण सिंहले बताएका छन् । भवन निर्माण अवधिभर विद्यार्थीले निःशुल्क काम गर्ने फाउण्डेशन नेपालका निर्देशक डा सुरेश कोइरालाले बताए । भवन निर्माणका लागि अस्पताल र फाउण्डेशनका बीचमा द्विपक्षीय हस्ताक्षर भएको थियो । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE