Khabar Dabali ४ फाल्गुन २०८२ सोमबार | 16th February, 2026 Mon
Investment bank

डोल्पा सदरमुकाम बाढीको जोखिममा, जोखिम मोलेर बसोवास नगर्न प्रजिअको आग्रह

\"\"डोल्पा । प्रत्येक वर्ष वर्षायामको सुरु भएसँगै डोल्पा सदरमुकाम दुनै बजार बाढीको उच्च जोखिममा पर्दै आएको छ । दुनै बजारको छेउमै रहेको भेरी नदीमा आजभोलि दैनिक झण्डै साढे एक लाख क्युबिक फिटभन्दा धेरै पानीको बहाव बड्ने गरेपछि दुनै बजार बाढीको उच्च जोखिम देखिएको हो । समुद्री सतहबाट दुई हजार ८५ मिटर उचाइमा रहेको दुनै वर्षेनी वर्षाको समयमा उच्च जोखिममा रहने गरे तापनि दिगो हिसाबमा जोखिम न्यूनीकरणका लागि ध्यान जान सकेको छैन् । सुख्खा भू–भाग रहेको दुनैमा पानी कम पर्ने गरे तापनि उच्च हिमाली भू–भागबाट हिँउ पग्लेर पानी धेरै आउने भएको कारण वर्षायाममा दिनहुँ भेरी नदीको बहाव उच्च हुने गरेको स्थानीयवासी योगेन्द्र बुढाले बताए । दुई हजार ७०० जनसंख्या रहेको सदरमुकाम दुनैका बासिन्दा वर्षायामसँगै बाढीले बगाउने डरले चैनको निन्द्रा नपर्ने गरेको बुढाको भनाइ छ । दैनिक भेरी नदीमा पानीको बहाव बढ्न थालेपछि स्थानीयवासी बारम्बार त्रसित हुने गरेका छन् । चारैतिर उच्च पहाड र सुख्खा पाखा भएका कारण ती नांगा पाखाबाट अत्यधिक पानी परेको अवस्थामा बाढीपहिरो आएमा दुनै बजार खतरामा पर्ने भन्दै स्थानीयवासी ओम रोक्का मगरले चिन्ता व्यक्त गरेका छन् । समयमै विपत् न्यूनीकरण गर्न दीर्घकालीन हिसाबमा नसोच्ने हो भने सदरमुकाम दुनैमा दार्चुलामा जस्तै घटना नदोहोरिएला भन्न नसकिने मगरको भनाइ छ । दुनैका स्थानीयवासीले जोखिमको बेवास्ता गर्दै हिँउदमा भेरि नदीको छेउबाटै तटबन्धन गरेर भए पनि घर बनाउने कार्य जारी राखेका छन् । हिँउदमा त्यसरी बनाइएका घर धेरै जोखिममा पर्ने गरेका छन् । वर्षात्को समयमा पानीको मात्रा बढेसँगै नदी किनारामा जग भएका झण्डै ७० घर बाढीको उच्च जोखिममा रहेको सरोकारवाला बताउँछन् । किनारमा भएका घर जोखिममा भएकाले त्यसरी जोखिम मोलेर बसोवास नगर्ने प्रमुख जिल्ला अधिकारी केशवराज आचार्यले आग्रह गरेका छन् । सदरमुकामको पूरै बस्ती जोखिममा भएपछि संरक्षणको लागि भन्दै जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालय डोल्पाले विभिन्न ठाउँमा भेरी नदीको किनारामा तटबन्द गर्ने काम गरेको छ । “दुनै बजारको जोखिम न्यूनीकरण गर्ने भन्दै अहिलेसम्म करोडौँ रकम खर्च भइसकेको छ, तर पनि त्यहाँको जोखिम जस्ताको तस्तै छ, उचित अनुगमनको अभाव तथा अपनत्वको भावना नहुँदा सरकारी रकम बालुवामा पानी खन्याए जस्तै भएको छ” जनसरोकारका विषयमा काम गर्दै आएको संस्था ‘मिसन नेपाल’ डोल्पाका अध्यक्ष ओमेन्द्र केसीले भने। विपत् व्यवस्थापन गर्ने नाउँमा विभिन्न समिति गठन गर्दै करोडौँ रकम घोटाला हुँदा सम्बन्धित निकाय मौन रहनु गम्भीर चासोको विषय भएको अध्यक्ष केसीको भनाइ छ । जिल्लामा भइरहेको विकृति, विसंगति, भ्रष्टाचारका विषयमा कदम उठाइरहेकाले यसका लागि जिल्लास्थित नागरिक अगुवा, पत्रकार तथा सचेत नागरिक सहयोगको खाँचो रहेको उनको भनाइ छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE