Khabar Dabali १६ असार २०८३ मंगलवार | 30th June, 2026 Tue
Investment bank

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो: विश्वप्रकाश शर्मा

खबरडबली संवाददाता

लमजुङ। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गरेको छन्। 

नेपाली कांग्रेस लमजुङको आयोजनामा सदरमुकाम बेँसीसहरमा सोमबार भएको चुनावी सभालाई सम्बोधन गर्दै उनले चुनाव केवल दलको जित–हारको विषय नभई देशलाई सङ्कटबाट निकास दिने क्षमताको परीक्षण भएको बताए।

शर्माले भने, “मूल प्रश्न कुन दलले जित्ने भन्ने होइन, मूल प्रश्न विषम परिस्थितिमा देशलाई कसले संयमताका साथ समन्वय गर्न सक्छ, कसले परिपक्व ढङ्गले गाँस्न सक्छ र हाँक्न सक्छ भन्ने हो ।” 

उनले ऐतिहासिक तथ्यका आधारमा कांग्रेसले मुलुकलाई सही ढङ्गले अघि बढाएको उदाहरण जनतामाझ लैजान आग्रह गरे । उनले इतिहासका विभिन्न मोडमा नेपाली कांग्रेसले देशभित्रका भिन्न शक्ति, दल र समुदायबिच समन्वय गरेर देशलाई निकास दिने भूमिका खेलेको दाबी गरे। 

अहिलेको बदलिँदो अवस्था र पुस्ताबिच पनि समन्वय गर्दै देशलाई नयाँ विश्वासको चरणमा लैजान सक्ने क्षमता कांग्रेससँग रहेको उनको भनाइ थियो । उपसभापति शर्माले २००७ सालको प्रजातान्त्रिक आन्दोलनदेखि २०७० सालको संविधानसभा निर्वाचनसम्मको उदाहरण प्रस्तुत गर्दै भने, “२००७ सालको क्रान्तिपछि राणालाई मिलाउने कुरा, २०१५ सालपछि सबैलाई समेट्ने कुरा, पञ्चायत ढालेपछि राजालाई मिलाउने कुरा चानचुने थिएन् । लमजुङका मुक्ति अधिकारी जस्ता हजारौं मानिस मारिदाँ पनि माओवादीलाई मिलाएर ल्याएको दल कांग्रेस हो ।” 

२०६४ मा अहिलेको जस्तै हुरी चल्दा कांग्रेस दोस्रो दल बन्यो, चार वर्ष खेर गयो, देशले संविधान पाएन । २०७० मा काँग्रेस पहिलो दल बनेपछि दुई वर्षमै संविधान आयो । यो कुरा जनतालाई बुझाउनुपर्छ, उनले भने।  

उनले मतदातालाई गम्भीर भएर निर्णय लिन आग्रह गर्दै प्रश्न गरे, “२०६४ जस्तै गल्ती दोहोर्‍याउने कि २०७० जस्तै विवेक पुगाउने ? आजको मूल प्रश्न कुन दलले जित्ने भन्ने होइन, मूल प्रश्न विषम परिस्थितिबाट देशलाई नवीन निकासमा कसले पुर्‍याउन सक्छ भन्ने रहेको उनको भनाइ छ । उनले जेनजी आन्दोलनपछिको आवेग र उत्तेजनालाई शान्तिमा ढालेर समाजलाई गाँसेर अघि बढ्न कांग्रेसलाई मत दिनुपर्ने बताए। 

अबको देशमा आशन, शासन र भाषण सुधार्नेगरी कांग्रेस अघि बढेको उनले बताए। उनले भने, “अब कांग्रेस एउटै व्यक्तिले मात्र अवसर पाउने छैन् । दुई पटकभन्दा बढी प्रधानमन्त्री हुन पाइँदैन, अब सक्ने कुरा मात्र बोल्छौं, गर्न सक्ने मात्र गर्छौं । कसैलाई गाली गर्दैनौं ।” 

कांग्रेस यतिबेला सभापति गगन थापालाई प्रधानमन्त्री बनाउने अभियानमा लागेको बताउँदै उनले भने, “त्यही अभियानको लहरमा लमजुङ पनि मिसिने छ । देशलाई नवीन सपनामा, नवीन मार्गमा लैजानुछ । यदि सही ढङ्गले देशलाई अघि बढाउन सकेनौं भने अहिले जेनजी विद्रोह भयो, १० वर्षपछि फेरि अल्फाको विद्रोह हुने छ । हामी त्यो अबस्था बन्न दिने छैनौं ।” 

चुनावी सभामा कांग्रेसका उम्मेद्वार गमप्रसाद गुरुङ, पूर्व केन्द्रीय सदस्य दिलबहादुर घर्ती, जिल्ला सभापति एवं गण्डकी प्रदेशका अर्थमन्त्री डा। टकराज गुरुङ, जिल्ला सचिव आनन्द घिमिरे, कोषाध्यक्ष सृजना गुरुङ, तरुण दल लमजुङका अध्यक्ष कुमराज गुरुङ ९भुपेश० लगायतले मन्तव्य राखेको थिए । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गृहमन्त्री र गृहसचिवको सवारीबाट कालो सिसा हटाइयो

काठमाडौं। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले गृहमन्त्री सुधन गुरुङ र गृहसचिव राजकुमार श्रेष्ठको सरकारी सवारीमा जडान गरिएको कालो सिसा हटाएको छ।...

विष्णु पौडेललाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौं। सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा पक्राउ परेका नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री विष्णु पौडेलको तीन दिन म्याद थप ...

क्याम्पसबाट दलीय विद्यार्थी संगठनका संरचना हटाउन त्रिविको निर्देशन

काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आफ्ना आंगिक क्याम्पसहरूलाई दलीय विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन दिएको छ। त्रिविको विद्यार्थी क...

राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयकमाथि विचार गरियोस्’ प्रस्ताव स्वीकृत

काठमाडौँ। राष्ट्रिय सभाको बैठकले ‘प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत गरेको छ । अर...

नयाँ कर नीति दीर्घकालीन आर्थिक हित र औपचारिकीकरणमा केन्द्रित छ: अर्थमन्त्री वाग्ले

काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले अवलम्बन गरेका नयाँ कर नीति र बजेटका प्रावधानहरू मुलुकको दीर्घकालीन आर्थिक हित र अर्थतन्त्रको औपचार...

सरकारको पहिलो कर्तव्य राष्ट्रिय सीमा र जनताको सुरक्षा हो : भीम रावल

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका नेता डा.भीम रावलले सरकारको पहिलो कर्तव्य राष्ट्रिय सीमाको रक्षा र जनताको सुरक्षा रहेको बताएको छन् । सोमबार काठ...

कीर्तिपुरस्थित होल्डिङ सेन्टरबाट एक जना पक्राउ

काठमाडौं। कीर्तिपुरस्थित होल्डिङ सेन्टरबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ३९ वर्षीय डम्बरबहादुर तामाङ रहेको जिल्ला प्रहरी परिसर ...

नेपालको हवाई क्षेत्रमा सरकार आफैँले केही गरिहाल्न सक्ने अवस्था छैन: पर्यटनमन्त्री पौडेल

काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले नेपालको हवाई उद्योगको क्षेत्रमा सरकारले तत्काल ठूलो लगानी गर्न सक्ने अवस्था नरहेको ...

किसानका समस्या समाधानमा सरकार गम्भीर बन्नुपर्छ : सभापति चौधरी

काठमाडौँ। प्रतिनिधिसभाअन्तर्गतको कृषि तथा प्राकृतिक स्रोत समितिका सभापति अशोककुमार चौधरीले किसानका समस्या समाधानलाई सरकारले उच्च प्राथमिकतामा राख्नुपर...

लेखापरीक्षणको गुणस्तर सुधार गर्न वित्तीय स्वायत्तता र थप स्रोतसाधन आवश्यक: महालेखा परीक्षक राया

काठमाडौँ। महालेखा महालेखा परीक्षक तोयम रायाले लेखापरीक्षणको गुणस्तर सुधार गर्न वित्तीय तथा सङ्गठनात्मक स्वायत्तता अपरिहार्य रहेको बताएको छन्।  सोमब...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending