Khabar Dabali ४ फाल्गुन २०८२ सोमबार | 16th February, 2026 Mon
Investment bank

अदालतले जेल सजाय सुनाएका लामा अझै प्रिन्सिपलमा कार्यरत

\"\"काठमाडौं । बानेश्वरस्थित कन्टिनेन्टल एकेडेमी स्कुलका प्रिन्सिपल सम्झना लामालाई काठमाडौं जिलला अदालतले एक वर्ष कैद र ५० हजा जरिवाना समेत सुनाइसकेको छ । जो राम्री केटी भेट्यो तिनैलाई विवाह गरी श्रीमती बनाउँछु भनी आश्वासन दिंदै हिंड्ने लामाका केही हर्कतहरु सार्वजनिक भएका छन् । प्रिन्सिपल लामामाथि अहिले सम्म चार जना महिलालाई बिहे गर्ने आश्वासन दिई छाडेर हिंडेको आरोप लागेको छ । ती चार जना महिलाहरुको अहिले अरुसँगै विवाह भईसकेको छ । पीडित मध्ये एक महिलाले भनिन्, “प्रिन्सिपल जस्तो व्यक्तिले यस्तो धोका देलान् भन्ने मैले सोचेकै थिईन । तर म ठूलो भ्रममा रहेछु ।” लामाले सरकारी छाप कीर्ते गरी नक्कली लाईसेन्स बनाएको अभियोगमा उनलाई काठमाडौं जिल्ला अदालतले समेत दोषी ठहर गरेको छ । २०७४ साल वैशाख २० गते अदालतले लामालाई सरकारी छाप दस्तखत कीर्ते मुद्दामा दोषी ठहर गरी एक वर्ष कैद र ५० हजार जरिवाना समेत गरिसकेको छ । उनले यातायात कार्यालय काठमाडौंबाट नक्कली लाईसेन्स बनाएका थिए । नक्कली लाईसेन्स बनाएको आरोप लागेपछि लामालाई प्रहरीले बारम्बार खोजतलास पछि मात्र उनी पक्राउ पनि परेका हुन् । अदालतमा मुद्दा चलाईएपछि उनी अदालतबाट दोषी ठहर भएका हुन् । तर उनलाई अदालतबाट एक वर्ष कैदको सजाय सुनाईएपनि अहिले सम्म प्रिन्सिपलको रुपमा कार्यरत छन् । अदालतबाट सरकारवादी जस्तो गम्भीर प्रकृतिको मुद्दामा दोषी ठहर भईसकेका लामालाई स्कुलका सञ्चालकहरुले अहिलेसम्म हटाउन सकिरहेका छैन्न् । काभ्रेको कानपुर स्थायी घर भएका लामा अदालतबाट घरेलु हिंसा सम्बन्धी मुद्दामा पनि दोषी सावित भईसकेका छन् । उनलाई गत असार ६ गते अदालतले श्रीमती कुटेको आरोपमा दोषी ठहर गरी क्षतिपूर्ति बापत ५० हजार रुपैंया तिर्न आदेश दिएको थियो । तर अहिलेसम्म पनि उनले क्षतिपूर्ति नतिरेको स्रोतले जानकारी दिएको छ । लामालाई  दिइएकाे अदालतको आदेशपत्र \"\"   \"\"
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE