Khabar Dabali ४ फाल्गुन २०८२ सोमबार | 16th February, 2026 Mon
Investment bank

म्याग्दीका द्वन्द्वपीडितले पाए साढे चार करोड राहत

\"\"म्याग्दी । म्याग्दीका द्वन्द्वपीडितलाई रु साढे चार करोडभन्दा बढी राहत रकम वितरण गरिएको छ । जिल्ला प्रशासन कार्यालयमार्फत दशवर्षे द्वन्द्वका क्रममा ज्यान गुमाएका, बेपत्ता भएकाको आफन्त र विस्थापित भएकालाई राहत तथा अङ्गभङ्ग भएकालाई जीवन निर्वाह भत्ताबापत रु चार करोड ६५ लाख २१ हजार वितरण गरिएको हो । यसअघि विभिन्न चरणमा रु पाँच लाख राहत रकम बुझेका द्वन्द्वपीडितलाई यसपालि एकमुष्ट रु पाँच लाख थप गरेर १० लाख पु¥याइएको प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले जानकारी दिएका छन् । यसैगरी, द्वन्द्वका क्रममा ज्यान गुमाएका सुरक्षाकर्मीका परिवारलाई पनि डेढदेखि साढे दुई लाख रुपैयाँ थप रकम दिएर रु १० दश लाखको राहत प्याकेज पूरा गरिएको छ । सरकारले घोषणा गरेको एक दशकपछि द्वन्द्वपीडितले विभिन्न चरणमा पूरा राहत रकम पाएका हुन् । ८९ लाई पाँचपाँच लाख, चारलाई एक लाख ५० हजार र एकजनाको आफन्तलाई रु दुई लाख ५० हजार वितरण गरिएको छ । स्थानीय शान्ति समिति र प्रशासनको सिफारिसअनुसार द्वन्द्वकालमा विस्थापित भएका २९ जनाको नाममा रु २५ हजारका दरले बजेट आए पनि २१ जनाले मात्र रकम बुझेका छन् । चारजना विस्थापितले यसअघि नै राहत पाइसकेका थिए । बेपत्ताको सूचीमा रहेका बरञ्जाका भीमप्रसाद भट्टचनका आफन्त कोही पनि सम्र्पकमा नआएपछि वितरण हुन सकेन । यसैगरी, द्वन्द्वकालमा अङ्गभङ्ग भएका एक जनाले मासिक रु १२ हजार ४०० र चार जनाले छ हजार २०० का दरले जीवन निर्वाह भत्ता पाएका छन् । द्वन्द्वकालमा अभिभावक गुमाएका १८ वर्षमुनिका तीन जनाले मासिक रु पाँच हजारका दरले पूरै वर्ष र पछि सिफारिस भएका एक जनाले चार महिनाको सहयोग पाएका छन् । सम्बन्धित व्यक्तिको बैंक खातामा रकम जम्मा गरिएको प्रशासनका लेखापाल विष्णुप्रसाद पौडेलले बताएका छन् । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE