Ntc summer Offer
Khabar Dabali १ जेष्ठ २०८१ मंगलवार | 14th May, 2024 Tue
NIMB

ट्रम्प जुनियरसँग पूर्व रुसी गुप्तचरले पनि भेटेको खुलासा

\"\"काठमाडाैं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका वरिष्ठ सहयोगी र ट्रम्प जुनियरसँग अघिल्लो वर्ष भएको एउटा बैठकमा एक जना पूर्व सोभियत गुप्तचर अधिकारी पनि सहभागी रहेको खुलासा भएको छ । न्युयोर्कमा भएको उक्त बैठकमा ट्रम्पका ज्वाईँ ज्यारेड कुश्नर र चुनावी अभियानका अध्यक्ष पल म्यानफोर्टपनि सहभागी थिए । ट्रम्पको चुनावी अभियानका सहयोगीहरु र रुसी व्यक्तिहरुबीच भएका गैर कुटनीतिक सम्वादको अहिलेसम्म प्राप्त सबैभन्दा बलियो प्रमाणका रुपमा उक्त भेटघाटलाई लिइएको छ । बिहीबार प्यारिसमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले अधिकांश व्यक्तिले उक्त भेटवार्तालाई स्वीकार गर्ने उल्लेख गरे तर शून्य उपलब्धी हात लागेको बताए । सो भेटमा सहभागी भएका भनिएका रिनाट अख्मेटशीनले आफूले गुप्तचर हेर्ने रुसी सैनिक इकाइमा काम गरेको तर कहिले पनि जासूसीको औपचारिक तालिम नलिएको बताएका छन् । सन् २०१५ मा वाशिङटन डीसीको एउटा अदालतमा दायर मुद्दामा खानीसम्बन्धी कम्पनीले आफ्ना निजी अभिलेखहरुलाई ह्याक गर्न खोजेको आरोप उनीविरुद्ध लगाएको थियो । खानी सम्बन्धी एउटा कम्पनीले अख्मेटशीनलाई लण्डनसम्म पछ्याउन एक जना निजी जाँचकर्ता नै खटाएको थियो । अदालतको दस्तावेजमा उनले साइबर हमाला गर्ने योजना बुनेको आरोप लगाइएपनि उनले त्यसलाई अस्वीकार गरेका छन् । क्रेमलिनका प्रवक्ताले अख्मेटशीनको बारेमा रुसी सरकारलाई केहीपनि थाहा नभएको बताएको छ । उनी स्वंयले चाँहि द वाशिङटन पोष्ट समाचारपत्रलाई सन् २००९ मा आफूले अमेरिकी नागरिकता लिएको तर रुसी नागरिकता पनि कायमै राखेको जनाएका छन् । उनी एक जना कानूनी मान्यता लिएका लबिइष्ट अर्थात वकालतकर्ता पनि हुन । उच्च रुसी अधिकारीहरुको अमेरिकामा रहेका सम्पत्ति रोक्का गर्ने सन् २०१२ मा ल्याइएको एउटा कानून उल्टाउन हालैका महिनाहरुमा उनले वकालत गर्दै आएका थिए । एक जना रुसी वकिल नाटलिया भेसेलनित्स्क्यासँगै उनी ट्रम्प टावरमा भएको एउटा छलफलमा सहभागी भएका थिए । डोनाल्ड ट्रम्प जुनियरका इमेलका अनुसार राष्ट्रपति पदकी उम्मेदवार हिलरी क्लिन्टनलाई क्षति पुर्याउने सामाग्री उपलब्ध गराउने प्रतिबद्धता उक्त बैठकमा गरिएको थियो । तर त्यो विवरण बाहिर आएपछि राष्ट्रपति ट्रम्पका जेठा छोराले उक्त भेटघाटलाई साधारण खालको भेटका रुपमा प्रस्तुत गरिरहेका छन् । बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies