Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

गिरिजाप्रसादको सन्देश आयो आक्रमण बढाउनुस् : जनयुद्धका कमाण्डर बलदेव

जनयुद्धका बेला नेपाली सेनाको हेलिकप्टर खसालेको र युद्धका बेला नेपाली सेनामाथि आक्रमण बढाउन गिरिजाप्रसाद कोइरालाले पठाएको सन्देश स्मरण गर्दै युद्ध कमाण्डर चन्द्रप्रकाश खनाल बलदेवको यद्ध अनुभव यस्तो छ : जनआन्दोलन दिवसदेखि जनआन्दोलन–२ पनि सुरु भयो । हामी मलंगवा र सुरुंगा आक्रमणपछि तुरुन्तै अर्को आक्रमणको तयारीमा जुट्यौँ । म विराटनगरमाथि आक्रमणका लागि सर्भेमा लागेँ । त्यही वेला बादल कमरेडले एउटा सन्देश सुनाउनुभयो । गिरिजाको सन्देश प्रचण्डमार्फत आएको रहेछ । ‘शाही सेनामाथिको आक्रमण अलि बढाइदिनुपर्‍यो । मलंगवाजस्तै अरू एक–दुईवटा हुनुपर्‍यो’ भन्ने सन्देश गिरिजाको थियो । तत्कालीन शाही सेनामाथि जनसेनाले आक्रमण गर्दै लगे ज्ञानेन्द्र शाह कमजोर हुन्छन् भन्ने उहाँको मूल्यांकन हुनुपर्छ । कारबाहीलाई तेज बनाउनुपर्छ भन्ने सन्देश भएपछि मैले विराटनगर आक्रमणको अन्तिम म्याप तयार पारेँ । तर, जनआन्दोलन अगाडि बढेपछि विराटनगरमाथि हमला स्थगित गरियो । २४ चैत ०६२ बाट जनआन्दोलन सुरु गर्ने समझदारी थियो । त्यो जनआन्दोलनलाई प्रभावकारी बनाउन र शाही सरकारलाई कमजोर साबित गर्न हामीलाई आक्रमणका लागि प्रेसर थियो । हामी आफैँले पनि प्रेसर फिल गरेका थियौँ । हामीले २३ चैतको मध्यरातमा सर्लाही सदरमुकाम मलंगवामाथि हमलाको योजना बनायौँ । त्यही सेरोफेरोमा हाइवेमा राखिएको एम्बुसमार्फत पनि हमला गर्नुपर्छ भन्नेमा थियौँ । मलंगवा भारतीय सीमानजिकै थियो । त्यहाँ पुग्न ठूलो चुनौती थियो । नजिकै अन्तिम सेल्टर लिएर ट्रक, ट्याक्टरमा जानुपथ्र्यो । मधेसका जनताले यसरी सपोर्ट गरे कि हाम्रो टोली सहजै मलंगवालाई घेर्न पुग्यो । राजेशजीको कमान्डमा जनमुक्ति सेनाको फौज त्यहाँ पुग्यो । आक्रमणको योजना बनाउँदा नै सबैभन्दा खतरा हेलिकोप्टर हुने निष्कर्ष थियो । हेलिकोप्टर झार्ने गरी योजना बनाएका थियौँ । त्यसअघिका आक्रमणहरूमा हेलिकोप्टरमाथि गोली लागे पनि झरेको थिएन । हेलिकोप्टर झार्नैपर्छ भन्नेमा थियौँ, जसले तत्कालीन शाही सेनामाथि ठूलो प्रेसर पुग्थ्यो । मलंगवामा हामीलाई हेप्दै हेलिकोप्टर नजिकैसम्म आउनेमा हामी कन्फर्म थियौँ । हेलिकोप्टर झार्न चारवटा हतियारको कम्युनेसन मिलाइएको थियो । ८१ एमएम, जिपिएमजी, एलएमजी र रकेट लन्चरबाट हान्ने योजना थियो । त्यसमा पनि जिपिएमजीलाई मेन कमान्ड बनाउने योजना बन्यो । हेलिकोप्टर हान्नलाई सजिलो होस् भनेर ८१ एमएम पुल सिस्टममा बनाएका थियौँ । त्यसका सेललाई खोलेर हाम्रो अनुकूलको बनाएका थियौँ । म मलंगवामा प्रत्यक्ष फिल्डमा थिइनँ । अलिक बाहिर थिएँ । अन्यत्र पनि साथीहरू एम्बुसका लागि बसिरहेकाले सबैतिर कमान्ड गर्नुपथ्र्यो । राति मेरो सेटलाइट फोनको घन्टी बज्यो । राजेशजीले गर्नुभएको रहेछ । फस्ट फायर खोलिएको र टोली अफेन्सिभ रूपमा मुभ भइरहेको जानकारी गराउनुभयो । अलि बेरपछि राजेशले ‘हेलिकोप्टरले दु:ख दिइरहेको छ । हामी हेलिकोप्टरमाथि आक्रमणको तयारीमा छौँ’ भन्नुभयो । मैले ‘जसरी हुन्छ झार्नुस्’ भनेँ । हेलिकोप्टर नजिकै आएर ‘भेरीलाइट’ बाल्दै हाम्रा साथीहरूमाथि आक्रमण गर्न लागेछ । हाम्रोतर्फबाट चारवटै हतियारबाट एकसाथ हेलीमाथि आक्रमण सुरु भयो । एकछिनपछि ठूलो विस्फोटको आवाज आएछ । हेलिकोप्टरको आवाज आउन छाडेछ । राजेशजीले ‘हेलिकोप्टर कता गयो, आवाज आइरहेको छैन’ भन्नुभयो । मध्यरातमा सैनिकको नाइटभिजन हेलिकोप्टर खसेछ । हाम्रो कुन हतियारबाट खस्यो भन्ने यकिन गर्न सकिएन । त्यो हाम्रो रेन्जभित्रै रहेको खेतमा खस्यो । हेलिकोप्टरमा भएका १० जना मरेछन् । हामीले पहिलोपटक मध्यरातमा सैनिक हेलिकोप्टर खसाल्यौँ । त्यो हाम्रो लडाइँको ठूलो सफलता थियो । हेलिकोप्टर झारियो, तर लक्ष्यअनुसार मलंगवा आक्रमण सफल भएन । हामीले धेरै कब्जा गर्‍यौँ, तर पूर्ण सफल भएनौँ । राजेशजी नेतृत्वको टोली बिहानसम्म मलंगवामा साहसका साथ लडिरहेको थियो । अन्यत्र एम्बुस टोली तयारी अवस्थामा थियो । २४ चैतको बिहान चार–पाँच बजेतिर सुरुंगाको टोलीले राजमार्गमा बिच्छ्याइएको माइन विस्फोट गर्‍यो । एउटा सैनिक ट्रक र एउट भ्यान ध्वस्त भयो । हामीले केही हतियार नियन्त्रणमा लियौँ । त्यसको भोलिपल्ट बिहान सुरुंगामा लडाइँ भयो । बिहान चार–पाँच बजे सुरुंगामा लडाइँ भयो । लडाइँ भीषण भयो । अन्यत्र बिच्छ्याइएको माइन भने विस्फोट गराउन पाइएन । (नयाँ पत्रिका दैनिकबाट)
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending