Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

भीषण वर्षापछि बाढीपहिरो, कम्तिमा ६ को मृत्यु

\"\"भारत । उत्तरी भारतीय राज्य उत्तराखण्डमा आएको भीषण बाढीपहिरोमा परी कम्तीमा छ व्यक्तिको मृत्यु भएको छ । गत ४८ घण्टाभित्र परेको अबिरल वर्षामा परी ती छ व्यक्तिले ज्यान गुमाएको अधिकारीहरुले बुधबार जानकारी दिएका छन् । मृतकमध्ये तीन शव मुसोरीनजिकै, अर्को एक शव प्रान्तीय राजधानी देहरादुनको रिसपाना नदी छेउमा र अरू दुई जनाको क्रमशः तेहरी र पीथोरागर्ह जिल्लामा भेटिएको सरकारी अधिकारीहरुले जनाएका छन् । वर्षाका कारण देहरादुनदेखि दिल्लीसम्म जोड्ने राष्ट्रिय राजमार्गसमेत अवरुद्ध भएको जिल्ला उद्धार तथा व्यवस्थापन केन्द्रका अधिकारी पियुष राउटेलाले सञ्चारकर्मीहरुलाई जानकारी दिएका छन् । अवरुद्ध बाटो खुलाउनका लागि प्रयास भइरहेको उहाँले थप जानकारी दिएका छन् । “लगातार भइरहेको वर्षाले विभिन्न ठाँउमा बाढीपहिरो गएको छ, त्यही बाढीपहिरोले सडक भत्काएको हो,” अर्का एक अधिकारीले भने । राज्य सरकारले बाढीपहिरोका कारण अप्रिय घटना हुनसक्ने आश¬ङ्काले केदारनाथ जाने तीर्थयात्रीहरुलाई समेत रोक लगाएको छ । मौसम विभागले अझै केही समय वर्षा भइरहने पूर्वानुमान गरेको छ । साथै प्रमुख नदीहरुलाई खतराको सूचीमा राखिएको छ । पहाडी राज्य उत्तराखण्ड यसअघि सन् २०१३ मा पनि बाढीपहिरोको चपेटामा परेको थियो । त्यतिबेला झण्डै छ सय जनाको मृत्यु भएको थियो भने पाँच हजार सात सय जना बेपत्ता भएका थिए । उनीहरुको पनि मृत्यु भएको अनुमान गरिएको छ । रासस/सिन्ह्वा
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending