Khabar Dabali ४ फाल्गुन २०८२ सोमबार | 16th February, 2026 Mon
Investment bank

२३ गतेको परिक्षाको प्रश्नपत्र २७ गते पुगेपछि...

[caption id=\"attachment_51135\" align=\"alignleft\" width=\"750\"]\"\" फाइल फोटो[/caption] डोल्पा । डोल्पामा स्नातक तह दोस्रो वर्ष को परीक्षा प्रश्नपत्र बिना नै सञ्चालन गरिएको छ । यही असार २३ देखि सुरु भएको बिएड दोस्रो तहको परीक्षामा प्रश्नपत्र नआएपछि परीक्षा नियन्त्रण कार्यालय बल्खुबाट फ्याक्स मगाई परीक्षा सञ्चालन गरिएको डोल्पो क्याम्पसका प्रमुख धनञ्जय सुवेदीले जानकारी दिए । यही असार २३ मा पुग्नुपर्ने प्रश्नपत्र तथा प्रवेशपत्र २७ असारमा मात्र डोल्पामा पुगेकाले २३ गते र २६ गते सञ्चालन भएका परीक्षा फ्याक्समा आएको प्रश्नपत्रको फोटोकपी गरेर परीक्षार्थीका हातहातमा पु¥याएको क्याम्पस प्रमुख सुवेदीले बताएका छन् । परीक्षार्थीको प्रवेशपत्रसमेत नआएकाले इमेलमा मगाई प्रवेशपत्र वितरण गरिएको समेत क्याम्पस प्रमुख सुवेदीले जानकारी दिएका छन् । स्तरोन्नतिका लागि डोल्पाको एकमात्र जुफाल विमानस्थल बन्द भएको तथा पैदलमार्गसमेत सुरक्षा र जोखिमका हिसाबले असहज भएकाले प्रश्नपत्र ल्याउन ढिलाइ भएकोे परीक्षा सञ्चालन गर्न जुम्ला बहुमुखी क्याम्पसबाट खटिएका केन्द्राध्यक्ष हरिशरण आचार्यले जानकारी दिएका छन् । परीक्षा नियन्त्रण कार्यालयले पठाएकोे प्रश्नपत्र मङ्गलबारदेखि हुने परीक्षामा परीक्षार्थीको हातहातमा पुग्ने केन्द्राध्यक्ष आचार्यले बताए । वर्षात्को समयमा खोलानाला बढेर बाटाघाटा अवरुद्ध भएकाले एकदमै कष्टपूर्ण यात्रा गरेर ज्यानको बाजी लगाउँदै जुम्लाबाट पैदलमार्ग भएर डोल्पा प्रश्नपत्र पुर्याएको आचार्यको भनाइ छ । कर्णालीको कालीकोटबाहेक जुम्ला, हुम्ला र मुगुमा समेत फ्याक्स मगाएर स्नातक दोस्रो तहको परीक्षा सञ्चालन गरिएको आचार्यले बताएका छन् । वास्तवमा दुर्गमको पीडा यो बाहेक अरु केही हुन नसक्ने उनको भनाइ छ । ६१ वर्षीया आचार्य डोल्पामा स्नातक परीक्षा सञ्चालनका लागि सात पटक डोल्पा पुगिसकेका छन् । यहाँको डोल्पो क्याम्पस र लिकु संयुक्त क्याम्पसमा स्नातक तहको पढाइ हुने गर्दछ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE