Khabar Dabali ४ फाल्गुन २०८२ सोमबार | 16th February, 2026 Mon
Investment bank

महराले भने-आर्थिक कुटनीतिलाई प्राथमिकताका साथ अगाडी बढाइने छ

\"\"काठमाडौँ । उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले आर्थिक कुटनीतिलाई प्राथमिकताका साथ अगाडि बढाउने बताएका छन् । परराष्ट्र मन्त्रालयमा आज उद्योग व्यवसायीको प्रतिनिधि मण्डलसँग भेटवार्तामा उनले विदेशस्थित नेपाली कुटनीतिक नियोगलाई आर्थिक कुटनीतिका लागि परिचालन गरिने जानकारी दिएका छन् । दुई ठूला छिमेकीले हासिल गरेको उपलब्धिबाट आर्थिक फाइदा लिनुपर्नेमा जोड दिँदै उनले भने, “हामीले हाम्रो राष्ट्रिय फाइदालाई केन्द्रमा राखेर अगाडि सार्नुपर्छ ।” उद्योग व्यवसायीका समस्यालाई अन्तर्राष्ट्रियस्तरमा सहजीकरण गर्न परराष्ट्रमन्त्रालयले पहल गर्ने बताउँदै परराष्ट्रमन्त्री महराले कुटनीतिक क्षेत्रले पनि आर्थिक समृद्धिका लागि भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका छन् । नेपाल उद्योग परिसङ्घ र नेपाल चेम्बर्स अफ कमर्सको छुट्टाछुट्टै प्रतिनिधि मण्डलले परराष्ट्रमन्त्री महरालाई भेटेको थियो । भेटमा मन्त्री महराले मुलुकलाई राजनीतिक बहसबाट आर्थिक बहसतर्फ केन्द्रित गर्ने वातावरण सिर्जना गर्नुपर्ने धारणा व्यक्त गरेका छन्। उनले मुलुकमा लगानीको वातावरण बनाउन सकिएमा द्रूतगतिमा आर्थिक विकास गर्न सकिने भएकाले त्यसका लागि आफूले पहल गर्ने बताएका छन् । भेटका अवसरमा परिसङ्घका अध्यक्ष हरिभक्त शर्माले द्विपक्षीय सम्बन्धको आधारमा नेपालले आर्थिक कुटनीति अवलम्बन गरेर आर्थिक विकास र व्यापार सहजीकरणको भूमिका निर्वाह गर्न र लगानी तथा व्यापार प्रवद्र्धनका लागि दूरगामी आर्थिक नीति बनाउनका लागि पहल गर्न अनुरोध गरेका थिए । त्यसैगरी चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले आर्थिक कूटनीतिलाई मजबुुत बनाएर लैजानुपर्नेमा जोड दिए । उनले द्विपक्षीय एवम् बहुपक्षीय मञ्चमा आर्थिक विकासका मुद्दालाई अगाडि बढाउन सरकारले पहल गर्नुपर्ने बताएका छन् । रासस÷
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE