Khabar Dabali ४ फाल्गुन २०८२ सोमबार | 16th February, 2026 Mon
Investment bank

किन पाएनन पर्वतका भूकम्पपीडितले अझै आवास अनुदान ?

\"\"पर्वत । भूकम्प गएको दुई वर्ष बितिसक्दा पनि पर्वतका भूकम्पपीडितले अझै आवास अनुदान पाउन सकेका छैनन् । झण्झटिलोे प्रक्रियाका कारण उनीहरु यो वर्ष पनि आवास अनुदान रकम प्राप्त गर्न नसकेको हो । पर्वतमा पूर्ण क्षति भएका लाभग्राहीको संख्या पाँच हजार ३६९ रहेको छ । जसमध्ये हालसम्म तीन हजार ९०९ जनाको अनुदान सम्झौता भई जिल्ला समन्वय समितिले कोष तथा लेखा नियन्त्रण कार्यालयमा निकासा मागेको भए पनि अहिलेसम्म पीडितले उक्त रकम प्राप्त गर्न सकेका छैनन् । केही समय पहिले स्थानीय तहको चुनावले प्रभावित बनेको अनुदान वितरण कार्य पुनः वर्षायाम र प्राधिकरणको झण्झटिलोे प्रक्रियाका कारण ढिलाइ भएको जिल्ला समन्वय समितिका कार्यक्रम अधिकृत तुलसीराम शर्माले जानकारी दिएका छन् । कतिपय ठाउँको पूर्ण विवरणसमेत आउन सकेको छैन । पुनःनिर्माणका लागि पहिलो किस्ताबापत आवश्यक पर्ने रु २६ करोड रकममध्ये जिल्ला विकास समितिमा रु १९ करोड केही महिनाअघि नै निकासा आएको थियो । तर पनि अहिलेसम्म वितरणमा केही ढिलाइ भएको सूचना अधिकृत तुलसीराम शर्माले जानकारी दिएका छन् । उनका अनुसार पहिलो किस्ताबापतको भुक्तानीका लागि प्रक्रिया शुरु भएको छ । अब बैंक खातामा रकम जम्मा गर्ने अन्तिम तयारी भएको र पीडितले आ–आफ्नो खाताबाट रकम झिकेर लैजान सक्ने समेत सूचना अधिकृत शर्माले बताएका छन् । भूकम्पबाट जलजला गाउँपालिकामा १८७, कुश्मा नगरपालिकामा ९४३, मोदी गाउँपालिकामा ५०३, फलेवास नगरपालिकामा एक हजार ४५६, विहादी गाउँपालिकामा एक हजार १३७ र महाशिला गाउँपालिकामा ६५७ घर पूर्ण क्षति भएको तथ्याङ्क छ । भूकम्प गएको दुई वर्ष बितिसक्दा पनि राज्यले दिएको अनुदान रकम नपाउँदा पीडित झन समस्यामा परेका छन् । चैत अन्तिम साता तिलाहारबाट शुरु गरिएको अनुदान सम्झौता सुस्त गतिमा हुँदा पीडितले रकम समयमै पाउन नसकेका हुन् । स्थानीय विकास अधिकारी विष्णु भुसालले केही प्राविधिक समस्याले ढिलाइ भएको र अब तत्काल वितरणको काम शुरु हुने जानकारी दिएका छन् । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE