Khabar Dabali ४ फाल्गुन २०८२ सोमबार | 16th February, 2026 Mon
Investment bank

पहिरोको डरले रातभर सुत्दैनन् बाङगाबगरका बासिन्दा

\"\"बैतडी । वर्षा सुरु भएसँगै बैतडीको डिलाशैनी गाउँपालिका ६ बाङगाबगरका बासिन्दा रातभर जाग्राम बस्न बाध्य छन् । लगातारको वर्षाले माथिबाट पहिरो आउन शुरु भएपछि रातभर जाग्राम बस्न बाध्य भएकी मञ्जु दमाईले भनीन्, “कतिखेर घर पुररिने हो ठेगान छैन मुटु ढुकढुक गरिरहन्छ घर सार्नका लागि आफूहरुसँग अन्यत्र जमिन नभएकाले जोखिम मोलेरै बस्न बाध्य छौ । ” विसं।२०६० असारमा आएको पहिरोले त्यो बेला बाङ्गाबगरका छ घर पूर्णरुपमा नष्ट गर्नाका साथै १५० रोपनी जमिन बगरमा परिणत गरेको थियो । सोही बेलादेखि प्रत्येक वर्ष आउने पहिरोले बाङ्गाबगरवासीलाई चिन्तित बनाएको अर्का स्थानीय महेश सार्कीले बताए । पहिरोले सात दलित परिवारका साथै अन्य समुदायका छ घरपरिवारलाई पनि घरबारविहीन बनाएको छ । आफूहरुले बसोवास गर्नका लागि कतै ठाउँ नपाएपछि पहिरोको छेउमै बनाएको टहरामा बास बस्नुपरिरहेको स्थानीयवासी धनीराम सार्कीले गुनासो गरे । उनले भने“आफ्नो भएको जग्गा सबै पहिरोले लगेपछि टहराको बास भएको छ” लगातारको वर्षाले रातिको निद्रासमेत हराएको स्थानीय तेजबहादुर साउदले बताएका छन् । उनले भने– “वर्षाभएसँगै परिवारको एकजनाले रातभर जाग्राम बस्नुपर्ने अवस्था आएको छ” मर्सिकोर नेपालको सहयोगमा पहिरो रोकथामका लागि लगाएको पर्खालसमेत भत्किएको छ । पहिरो बस्तीको दुईतर्फ भएकाले दुबै तर्फका बासिन्दालाई सास्ती भएको स्थानीय सुरेश श्रेष्ठले बताएका छन् । सात सय मिटर लम्बाइको पहाडबाट खसेको बाङगाबगर पहिरोले स्थानीयवासी त्रस्त छन् भन्दै उनले भने“ यहाँका बासिन्दा पहिरोकै जोखिमको बीचमा बस्न बाध्य छन् ” प्रत्येक वर्ष आउने पहिरोले महाकाली राजमार्ग अन्तर्गत बाङगाबगरमा सडक अवरुद्ध हुने गरेको छ । गुरुयोजना नै निर्माण गरेर काम गरेमात्रै केही हदसम्म पहिरोको नियन्त्रण गर्ने बताइएको छ । वर्षा बढेसँगै पहिरोले बेलाबेलामा राजमार्ग अवरुद्ध गर्ने भए पनि तत्काल पहिरो नै रोकथाम हुने सम्भावना नरहेको देखिएको हो । विगतदेखि नै वर्षातको समयमा बग्दै आएको पहिरो यो वर्ष पनि वर्षा शुरु हुने बित्तिकै बगेर सडक नै अवरुद्ध गर्न थालेको छ । माथिबाट पानीसहित बगेर आउने पहिरोको लेदोले सडक अवरुद्ध हुने गरेको हो । भित्री कमेरोयुक्त माटो भएकाले बाङगाबगरबाट आउने पहिरो तत्कालै नियन्त्रण गर्न सकिने मर्सिकोर नेपालका जिल्ला संयोजक हेमराज भट्टले बताउनुभयो । पहिरोको टुप्पोमा ताल भएकाले सोही तालका कारण पहिरो आएको हुनसक्ने विज्ञहरुको अनुमान छ । बाङगाबगर पहिरोको स्थायी समाधान तत्काल असम्भव रहेको प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले बताए । पहिरो पीडितका लागि प्रशासनले सक्दो सहयोग गरिरहेको छ उनले भने–“पहिरो नियन्त्रणका लागि राज्यका ठूला निकायको सहयोग चाहिन्छ” सानोतिनो लगानी तथा कुनै एक निकायले पनि गर्न नसक्ने भएकोले सबै निकायले ध्यान दिए सम्भव हुने उनले जोड दिए । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE