Khabar Dabali ४ फाल्गुन २०८२ सोमबार | 16th February, 2026 Mon
Investment bank

उचित व्यबस्थापन नहुँदा दुई लाख किलो रक्तचन्दन कुहिँदै

[caption id=\"attachment_3162\" align=\"alignleft\" width=\"750\"]\"\" फाइल फोटो[/caption] काठमाडौँ । अवैध रुपमा चीन पठाउन खोजिँदा बरामद भएको दुई लाख १० हजार १२० किलोग्राम रक्तचन्दन काठ समयमै उचित व्यवस्थापन गर्न नसक्दा सड्ने अवस्थामा पुगेको छ । विभिन्न जिल्लाबाट विगत १० वर्षमा बरामद ती रक्तचन्दन शुरुमा आवश्यक कानूनको अभावमा र पछि कानून बने पनि सो कानूनअनुसार सम्बन्धित मुलुक (भारत) ले फिर्ता लैजान नमानेपछि अलपत्र परेको हो । अन्तर्राष्ट्रिय कानूनअनुसार रक्तचन्दन बिक्रीवितरण गर्न प्रतिबन्ध छ । बरामद रक्तचन्दन १० वर्षदेखि वन विभाग, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, सप्तरी, सर्लाही, झापा, नवलपरासी, कपिलवस्तु, रुपन्देहीलगायत २० जिल्लामा कडा सुरक्षाका साथ राखिएको छ । त्यसमध्ये एक लाख किलोग्राम भन्दा बढी रक्तचन्दन वन विभाग र काठमाडौँ उपत्यकाका तीनै जिल्लामा रहेका छन् । सबैभन्दा बढी परिमाण वन विभाग परिसरमा परिसरमा परिरहेको छ । यहाँका गोदाममा मात्रै हैन आधा दर्जन सवारी साधनमा समेत लादेर राखिएको छ । यसको सुरक्षाका लागि कर्मचारी र वन रक्षक बाहेक सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा ३० जना सशस्त्र प्रहरी अहोरात्र तैनाथ रहेको विभागले जनाएको छ । यसले एकातिर सुरक्षा खर्च बढाएको छ भने अर्कोतिर रक्तचन्दनको गुणस्तरमा समेत ¥हास हुँदै गएको छ । रक्तचन्दनले भरिएका गाडीहरु जीर्ण बन्नुका साथै माटोमा धस्सिदै गएका छन् । वन तथा भू–संरक्षण मन्त्रालयका अनुसार उक्त काठ भारतका आन्ध्र प्रदेश, कर्नाटक र तामिलनाडु राज्यबाट नेपालका विभिन्न सीमानाका हुँदै चीनतर्फ तस्करी हुने क्रममा बरामद गरिएको हो । नेपाल सन् १९७५ जुन १८ मा ‘दुर्लभ वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार महासन्धि’ ९साइटिस० को पक्ष राष्ट्र बनेको हो । रक्तचन्दन सो महासन्धिको अनुसूची २ मा सूचीकृत वनस्पति हो । महासन्धिको व्यवस्था विपरीत नेपाल प्रवेश गरेका रक्तचन्दन बरामद गरिएको हो । वन विभागका महानिर्देशक कृष्णप्रसाद आचार्यले नेपाल साइटिस महासन्धिको पक्ष राष्ट्र भएको र सोही अनुसार नयाँ ऐन ल्याइसकिएकाले अब उक्त रक्तचन्दनको छिट्टै व्यवस्थापन हुने विश्वास व्यक्त गरेका छन् । गत वैशाख १० गते जारी भएको ‘संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापारलाई नियमन तथा नियन्त्रण गर्न बनेको ऐन, २०७३’ ले अवैध रक्तचन्दनको सहज व्यवस्थापन गर्ने बाटो खोलिदिएको छ । ऐनको दफा ३० मा जफत भएका वनस्पति वा सोको नमूनाको व्यवस्थापनसम्बन्धी प्रावधान छ । महानिर्देशक आचार्यले भने, “संरक्षण गर्न सम्भव नभएका लोपोन्मुख वा संरक्षित वनस्पतिको नमूना कानून बमोजिम लिलाम गर्ने, आवश्यक शर्त तोकी शैक्षिक तथा अनुसन्धानको प्रयोजनका लागि वा धार्मिक कार्यका लागि सार्वजनिक संस्थालाई उपलब्ध गराउन सकिने प्रावधान ऐनमा छ ।” उपदफा २ मा ऐन बमोजिमको कार्यविधि पूरा नभई पैठारी भएको कारणले जफत भएको संकटापन्न वनस्पति जुन मुलुकबाट पैठारी भएको हो सोही मुलुकमा फिर्ता पठाउन सकिने व्यवस्था छ । फिर्ता गर्दा लाग्ने खर्च त्यसरी फिर्ता लैजाने मुलुकले व्यहोर्नु पर्छ । नेपालबाट निर्णय भएको मितिले ९० दिनभित्र सम्बन्धित मुलुकले त्यस्तो वनस्पति वा सोको नमूना फिर्ता लैजानुपर्ने कानुनी व्यवस्था रहेको महानिर्देशक आचार्यले जानकारी दिए । कुनै बेला चीनतिर लैजाँदै गरेको अवस्थामा दिनहुँ जस्तै रक्तचन्दन बरामद हुने गथ्र्यो । यसमा कडाइ गरिएपछि हाल भने रक्तचन्दनको तस्करी बन्द जस्तै भएको छ । विसं २०६२ देखि २०७१ को अवधिमा मुलुकका विभिन्न स्थानबाट कुल दुई लाख ४७ हजार ४८ किलोग्राम रक्तचन्दन काठ बरामद गरिएको वन विभागका सूचना अधिकृत ईश्वरीप्रसाद पौडेलले जानकारी दिएका छन् । बरामद भएकामध्ये १३ हजार ७३० किलोग्राम रक्तचन्दनको मुद्दा अझै अदालतमा विचाराधीन छ । यस बाहेक बरामद भएका १९ हजार ३२४ किलोग्राम रक्तचन्दन विगतमा हराएको तथ्याँक समेत छ । अधिकृत पौडेलकाअनुसार नेपालमा पहिलोपटक २०६२ फागुन २ गते सिन्धुपाल्चोकमा रक्तचन्दन काठ बरामद गरिएको थियो । पछिल्लोपटक २०७१ साल भदौ २१ गते रसुवामा ६४ किलोग्राम रक्तचन्दन बरामद भएको विभागको अभिलेखमा उल्लेख छ । सूचना अधिकृत पौडेलले भने – “बरामद काठमध्ये विसं २०६५ माघ २ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार ३६ हजार ९२८ किलोग्राम रक्तचन्दन भारतले साइटिस कानूनअनुसार फिर्ता लगिसकेको छ । त्यसपछि मन्त्रिपरिषद्बाट विस २०७१ फागुन १२ गते निर्णय भएको २७ हजार १६६ किलोग्राम रक्तचन्दन भारतले हालसम्म फिर्ता लगेको छैन ।” वन नियमावलीमा रक्तचन्दनको न्यूनतम मूल्य प्रतिकिलो रु ८०० कायम गरिएको छ । चीनमा पुगेपछि भने यसको मूल्य नेपालको तुलनामा १० गुणा बढी हुने गरेको बताइन्छ । चीनमा रक्तचन्दनको उच्च माग छ । नेपालमा रक्तचन्दन नपाइएपनि प्यूठानका केही जंगलमा भने स्वेतचन्दन श्रीखण्ड पाइन्छ । वन मन्त्रालयका प्रवक्ता धनञ्जय पौडेलले रक्तचन्दन फिर्ता पठाउने सम्बन्धमा थप निर्णय गरी परराष्ट्र मन्त्रालयमार्फत भारतलाई पत्राचार गरिसकेको जानकारी दिनुभयो । प्रवक्ता पैडेलले भने, “यसको व्यवस्थापन सम्बन्धी ऐन आइसकेको छ । भारतले फिर्ता नलगे कानूनका अन्य विकल्पअनुसार रक्तचन्दनको व्यवस्थापन गर्न सकिन्छ ।” सम्बन्धित मुलुक भारत ले रक्तचन्दन फिर्ता नलगे साइटिस सचिवालयको सहमतिमा उक्त काठ धार्मिक प्रयोजनका लागि पशुपति क्षेत्र विकास कोषलाई दिनु उपयुक्त हुने यस क्षेत्रका जानकारहरुको सुझाव छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE