Khabar Dabali ४ फाल्गुन २०८२ सोमबार | 16th February, 2026 Mon
Investment bank

यसरी गरियो बाढीमा फसेका गर्भवती महिलाको उद्धार

\"\"सप्तरी । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–१ स्थित तिलाठी गाउँमा बाढीमा फसेका एक गर्भवती महिलालाई उद्धार गरिएको छ । स्थानीय ३० वर्षीया ज्योतिदेवी मिश्रालाई उद्धार गरिएको हो । घरमा करिब दुई फिट पानी पसेर समस्यामा रहेकी मिश्रलाई स्थानीयवासीको सहयोगमा उद्धार गरिएको हो । स्थानीय अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि उनलाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ । यसैबीच आर्थिक अवस्था कमजोर भएकी उक्त गर्भवती महिलालाई स्थानीय व्यवसायी अङ्कितकुमार र शिवशङ्कर पौडेलले जनही रु पाँच हजारका दरले सहयोग गरेका छन् । बाढीपीडितलाई राहत हालै आएको बाढीका कारण सप्तरीका घरबारविहीन तथा बाढीपीडित परिवारलाई राजनीतिक दल, पत्रकार, समाजसेवी र विभिन्न सङ्घसंस्थाले राहत वितरण गरेका छन् । नेकपा ९एमाले० राजविराज नगर कमिटिले एक हजार १५५ परिवारलाई त्रिपाल एक थान, झुल एक, डेढ केजी चामललगायतका सामग्री वितरण गरिएको जनाएको छ । युवा सङ्घ, अनेरास्वयु तथा टेड्र युनियन महासङ्घ केन्द्रीय समितिले संयुक्तरुपमा सप्तरीका बाढीपीडितका लागि पठाइएको राहत सामग्री वितरण गरेको एमाले सप्तरीले जनाएको छ । सो राहत वितरणमा एमालेका स्थायी कमिटी सदस्य एवं प्रदेश नं २ का संयोजक सत्यनारायण मण्डल, सहसंयोजक नागेन्द्र चौधरी, पोलिटब्युरो सदस्य रामपृत पासवान, केन्द्रीय सदस्य सुमनराज प्याकुरेललगायत स्थानीय नेता तथा कार्यकर्ताको उपस्थिति थियो । यस्तै रौतहटका युवा पत्रकारको अगुवाइमा संकलन गरिएको राहत सामग्री सप्तरीको सकरपुरा र रायपुरमा वितरण गरिएको छ । बाढीपीडितलाई चुरा, दालमोठ, बिस्कुट, भुजिया, झुल, मिनरल वाटर, चाउचाउ, गम्छा, सेनेटरी प्याडसहितका सामग्री दुवै ठाउँका १०० परिवारलाई वितरण गरिएका छन् । त्यस्तै सकरपुरामा जिल्ला खानेपानी डिभिजन कार्यालय राजविराजले ६५ परिवारलाई एक÷एक थान बाल्टिनसहित सरसफाइ सामग्री वितरण गरेको जिल्ला खानेपानी कार्यालयका प्रमुख लोकेन्द्र यादवले जानकारी दिएका छन् । सप्तरीमा एक हप्ता अगाडि वर्षासँगै विभिन्न खोलमा आएको बाढीले एक हजार ५०० बढी घर डुबानमा परेको थियो । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE