Khabar Dabali ४ फाल्गुन २०८२ सोमबार | 16th February, 2026 Mon
Investment bank

असारको चटारो छाडेर कर्मचारी विदेश भ्रमणमा, कुन मन्त्रालयबाट को–को गए ?

\"\"काठमाडौं । ‘सरकारी काम कहिले जाला घाम’ भन्ने त नेपाली उखान छँदैछ । अार्थिक बर्षको अन्त्यतिर सरकारी कामकाजलाई एकतातिर थन्काएर उच्चपदस्थ कर्मचारी घुम्न पाउने र गतिलै भत्ता हात पार्ने दाउमा विदेश भ्रमणमा छन् । विपन्न वर्गलाई खर्चिनुपर्ने करोडौं रुपैयाँ सक्नलाई हतारोमा रहेका विभिन्न मन्त्रालयका कर्मचारी घुमफिरका लागि यतिवेला विदेश भ्रमणमा हुन् ।
त्यसोत मुख्य सचिवको अनुपस्थितिमा निमित्तको जिम्मेवारी दिइने भनिएको उक्त कार्यालयकै सचिव रामकुमार आचार्य पनि नेपाल बाहिर छन् । उनी नहुँदा सो जिम्मेवारी केदारप्रसाद अधिकारीले पाएका छन् । भ्रमणबारे कार्यालयका अर्का एक सचिवसँग सोध्दा त्यसबारे आफू रेकर्डमा बोल्न नसक्ने बताए ।
असारमासको चटारोलाई चटक्कै विर्सेर प्रधानमन्त्री कार्यालय, परराष्ट्र, कृषि, वाणिज्यलगायत मन्त्रालयका दर्जनौं उच्चपदस्थ कर्मचारी विदेश भ्रमणमा छन् । एकातिर घुम्न पनि र अर्कोतिर विदेश भ्रमणमा जाने कर्मचारीहरुले भ्रमण भत्ता पाउने भएकाले असारको चटारोलाई चटक्कै छाडेर कर्मचारीहरु विदेश भ्रमणमा गएका हुन् । विदेश भ्रमणसम्बन्धी स्पष्ट मापदण्डको कार्यान्वयन खट्किंदा घुम्ने र पैसा कमाउन खोज्ने प्रवृत्तिले जरा गाड्दै गएको छ । यो प्रवृत्तिले प्रशासनतन्त्रमा गम्भीर नकारात्मक असर पार्ने निश्चित नै छ ।
बजेट सकाउने उदेश्यले पनि कतिपय कर्मचारीहरु यो बेला अनावश्यक विदेश भ्रमणमा जाने गरेको पाइएको छ । महत्त्वपूर्ण मानिने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्तासमेत रहेका सह–सचिव दामोदर रेग्मी हाल विदेश भ्रमणमा छन् ।
निर्वाचन पश्चात् स्थानीय तहको प्रशासनिक एवम् अन्य पक्षको व्यवस्थापनको चापाचाप तथा आर्थिक वर्षको अन्त्य हुने बेलाको सरकारी चटारोलाई बेवास्ता गर्दै विभिन्न मन्त्रालयका दर्जनौं उच्चपदस्थ कर्मचारी हाल विदेश भ्रमणमा छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका र वाणिज्य मन्त्रालयका सह–सचिव अनि परराष्ट्र मन्त्रालयका सचिवसम्म हाल विदेश भ्रमणमा छन् । बजेट सकाउने उदेश्यले पनि कतिपय कर्मचारीहरु यो बेला अनावश्यक विदेश भ्रमणमा जाने गरेको पाइएको छ । महत्त्वपूर्ण मानिने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्तासमेत रहेका सह–सचिव दामोदर रेग्मी हाल विदेश भ्रमणमा छन् । त्यसोत मुख्य सचिवको अनुपस्थितिमा निमित्तको जिम्मेवारी दिइने भनिएको उक्त कार्यालयकै सचिव रामकुमार आचार्य पनि नेपाल बाहिर छन् । उनी नहुँदा सो जिम्मेवारी केदारप्रसाद अधिकारीले पाएका छन् । भ्रमणबारे कार्यालयका अर्का एक सचिवसँग सोध्दा त्यसबारे आफू रेकर्डमा बोल्न नसक्ने बताए । त्यसैगरी परराष्ट्र मन्त्रालयका सचिव शंकर वैरागी हाल मलेसिया भ्रमणमा छन् । त्यतिमात्रै होइन पर्यटन मन्त्रालयका सह–सचिवसहितका कर्मचारीहरुको एउटा ठूलै टोली विदेश भ्रमणमा छ । वाणिज्य मन्त्रालयका सह–सचिव नेतृत्वको एउटा टोली मंगलबार मात्रै भारत पुगेको छ । कृषि मन्त्रालयका कर्मचारीहरुको एउटा टोली केही दिनअघि मात्रै विदेश भ्रमणबाट स्वदेश फर्किएको छ । आर्थिक वर्ष सकिने बेला र संघीयता कार्यान्वयनका लागि स्थानीय तह सञ्चालनमा महत्त्वपूर्ण यो घडीमा ठूलो संख्यामा कर्मचारीहरु विदेश भ्रमणमा जानुको कारणबारे सम्बन्धित मन्त्रालयहरुमा सम्पर्क गर्दा कसैले पनि रेकर्डमा कुरा गर्न चाहेनन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE