Khabar Dabali ४ फाल्गुन २०८२ सोमबार | 16th February, 2026 Mon
Investment bank

सडक निर्माणमा चरम लापरवाहीः निर्माण नसकिँदै सडक दबिने समस्या

\"\"चितवन, २७ असार । पूर्व–पश्चिम राजमार्गअन्तर्गत चितवनस्थित रत्ननगर नगरपालिकाको बजार क्षेत्रमा निर्माणाधिन चार लेनको नमुना सडक निर्माणमा चरम लापरबाही भएको छ । सडकको निर्माण नसकिँदै बीचमै दबिने, अलकत्रा सोहोरिएर ठूला–ठूला ढिस्का बन्ने र भत्किने समस्या देखिएको छ । निर्माण नसकिँदै मर्मतको काम शुरु भएको छ । एक चरणको मर्मत सकिँदासमेत ढिस्को उठ्ने र दबिने क्रम रोकिएको छैन । बरु मर्मत गरेकै स्थानमा पुनः भत्किने क्रम शुरु भएको छ । नयाँ सडक पुरानोभन्दा कमजोर सडक अनुगमन समितिका संयोजक सांसद शेषनाथ अधिकारीले सडक निर्माण गुणस्तरीय नभएको बताए । पूर्वपश्चिम राजमार्गमा पर्ने रत्ननगर बजार क्षेत्रमा ग्रिनरीसहितको नमुना सडक निर्माण थालिएको दुई वर्ष भयो । म्याद एक वर्ष थपिँदा पनि अहिलेसम्म काम ६५ प्रतिशत पनि भएको छैन । रत्ननगर बजार क्षेत्रको भानुचोकदेखि लौरीघोलसम्म २।३ किलोमिटर क्षेत्रको सडक स्तरोन्नती गरी ४ लेनको बनाउन थालिएको हो । अहिले सडकको तल्लो भागमा दुई लेनको सडक कालोपत्रे भएको तीन महिना भयो । तीन महिनामै सडकमा ठुला ठुला खाल्डा देखिएका छन् । ढिस्को उठ्दा दुर्घटनाको जोखिम भएको छ । सडकको तह समेत मिलेको छैन । सडकसँगै बनाईएको ढल समेत दबिएर भत्किने समस्या देखिएको छ । कंक्रिटबाट निर्माण हुनुपर्ने ढल सबै ढुंगा हालेर बनाईएको स्थानिय रामशरण कुँवर दावी गर्छन् । सडकको एक पाखो निर्माण नसकिँदै समस्या आएपछि स्थानीयवासी प्रभावित भएका छन् । रत्ननगर नगरपालिका– १ का रामकृष्ण तिमिल्सिना कछुवागतिमा निर्माण भइरहेको सडक बनाउँदै र भत्किदै गएको बताउँछन् । “एकदम कमजोर बनाइएको छ, ढल र सडकसमेत दबिएको छ, कालोपत्रे डल्लो परेको छ, सडकको बीचमै पानी जम्छ” उनले भने । करिब रु ४० करोडको आयोजना भए पनि हाल पहिलो चरणमा चार लेन तथा डिभाइडरसहित ढल निर्माण गर्ने गरी रु १९ करोड ७० लाखमा २०७२ असारमा ठेक्का सम्झौता भएको थियो । श्रेष्ठ कन्स्ट्रक्सन हेटौडाले सडकको स्तरोन्नतिका लागि निर्माणको जिम्मा लिएको हो । नारायणगढ मुग्लिन सडकको जुगेडी खण्डमासमेत सोही कम्पनीले काम गरिरहेको छ । उक्त कन्ट्रक्सनका परियोजना व्यवस्थापक अनिश रेग्मी सम्झौता अनुसार नै काम गरेको बताउँछन् । एकतर्फी रुपमा र ठूला सवारी चल्दा सडक दबिने र कालोपत्रे सोहोरिएर ढिस्को बनेको उनी बताउँछन् । उनले समस्या आउनुमा निर्माण कम्पनीको दोष नभई सम्झौताकै बेलाको डिजाइन कमजोर भएका कारण समस्या भएको दाबी गर्छन् । सडक डिभिजन कार्यालय चितवनका प्रमुख धर्मेन्द्रकुमार झा उक्त सडक गुणस्तरीइ बनाउनुपर्नेमा त्यो हुननसक्दा भारी गाडीले कालोपत्रे सोहोरिएको बताउँछन् । “एकातर्फ ठेकेदारले हालेको मेटेरियल क्वालिटीमा समस्या छ, अर्कोतर्फ डिजाइन नै राम्रो हुन सकेन,” उनले भने, ‘अब सोहोरिएर बनेको ढिस्को काट्ने फाल्ने अनि पुनः पिच गर्ने, अरु उपाय छैन ।’ स्थानीय निकाय र उपभोक्ताको साझेदारीमा सरकारको बजेटमा सडक निर्माण थालिएको हो । सोही क्षेत्रका सांसद अधिकारी यसको अनुगमन समितिका संयोजक छन् । समितिले पनि खासै काम गर्न नसकेको स्थानीयवासीको गुनासो छ । सम्झौता अनुसार २०७३ असोजमा निर्माण सक्ने गरी जिम्मा लिएको श्रेष्ठ कन्ट्रक्सनले निर्माण नसकेपछि एक वर्षका लागि थपिएको म्यादसमेत आगामी असोजमा सकिँदै छ । अहिलेसम्म निर्माण क्षेत्रमा पर्ने पोल हटाइएको छैन । परियोजना व्यवस्थापक अनिश रेग्मीले अझै समय लाग्ने बताए । अहिले निर्माण कम्पनीले भत्केको स्थानमा मर्मत गरिरहेको छ । अहिले सडकको तल्लो क्षेत्रको दुई लेनमा कालोपत्र भएको छ । माथिल्लो भागको दुई लेन सडकको वेसलाइनको काम सकिएको परियोजना व्यवस्थापक रेग्मी बताउँछन् । तल्लो क्षेत्रमा कमजोरी देखिएपछि माथिल्लो क्षेत्रमा कालोपत्रको मात्रा बढाइएको छ । मुख्यगरी तल्लो दुई लेन सडकमा वेसलाइन १५ सेन्टिमिटर र कालोपत्र पाँच सेन्टिमिटरको हुने सम्झौतामा उल्लेख छ । हेभी सवारी आवतजावत गर्ने व्यस्त सडकमा यो कालोपत्रले धान्दैन भनेर पटक÷पटक आफूहरुले सडक डिभिजन कार्यालयमा निवेदन दिएको रेग्मी दाबी गर्नुहुन्छ । सम्झौता अनुसार काम नगर्दा अहिले समस्या भएको उनको भनाइ छ । उहाँका अनुसार कम्तीमा पनि वेसलाई ३० सेन्टिमिटर र कालोपत्र १० सेन्टिमिटर हुनुपर्ने थियो । नरायणगढ मुग्लिन सडकको मुल्याङ्कन गर्ने हो भने सव वेसलाइन २० र बेसलाइन २५ सेन्टिमिटर छ भने कालोपत्र १६ सेन्टिमिटरको छ । सोही अनुसारकै रत्ननगरमा पनि राख्नुपर्ने रेग्मी बताउँछन् । मुग्लिन सडकमा कालोपत्रसहित गरेर ६१ सेन्टिमिटरमा काम गरिरहेको उक्त कन्ट्रक्सनले यहाँ भने ध्यान दिनसकेन । जम्मा २०÷२५ सेन्टिमिटरकै सम्झौता लिएर उसले निर्माण थालेको देखिन्छ । अहिले तल्लो क्षेत्रमा बिग्रिएकाले माथिल्लो दुई लेनमा सडक डिभिजन कार्यालयका प्रमुख झाको सहमतिमा लिखित नै नगरी बेसलाइन र कालोपत्रको भाग दोब्बर बढाएको रेग्मी बताउँछन् । यसअघिका प्रमुखले आफ्नो कुरा नसुनेकाले समस्या आएको उनको दाबी छ । सडक डिभिजन कार्यालयका प्रमुख झाका अनुसार पूरै खनेर बेसलाइनदेखि नै बाक्लो सामग्री राखेर निर्माण गर्नुपर्ने आवश्यकता रत्ननगरको थियो । तर त्यो हुननसकी पुरानो पिचमात्र फालेर केही ग्राभेलमै पिच गरेपछि गाडी थेग्न नसकेर पिच बिग्रिएको हो । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE