Khabar Dabali ३ फाल्गुन २०८२ आईतवार | 15th February, 2026 Sun
Investment bank

प्रचण्डले पूर्वसभासदसहित चार दर्जन नेतालार्इ माओवादीमा भित्र्याए

\"\"काठमाडौं, २६ असार । पूर्वसभासद एवं नयाँ शक्ति नेपालका नेता शिवचन्द्र कुशवाहासहितका चार दर्जन नेता–कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् । सोमबार दिउँसो आयोजित एक कार्यक्रमका बीच कुशवाहा लगायतका नेताहरु माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । माओवादी केन्द्रमा प्रवेश गर्ने अन्य नेताहरुमा नेकपा (एमाले) का जिल्ला समिति सदस्य एवं पूर्व गाबिस अध्यक्ष गौरीशंकर जयसवाल, नेकपा (बिप्लव समूह) का रौतहट सेक्रेटरी नन्दलाल ठाकुर लगायत रहेका छन् । बारा र रौतहट जिल्लामा क्रियाशील भएर माओवादी प्रवेश गर्ने अन्य नेताहरुमा नेपाली कांग्रेसबाट कमल जउसवाल, चिनीलाल दास, हरेन्द्र जयसवाल, जयप्रकाश चौधरी, शेख हासिम, हरि साह, लालबाबु जयसवाल, भिखारी दास रहेका छन् । एमालेबाट प्रवेश गर्नेहरुमा पूर्वअध्यक्ष गौरीशंकर जयसवालसहित सुरेशप्रसाद जयसवाल, राजेशकुमार शर्मा, प्रमोदप्रसाद जयसवाल, गंगाप्रसाद जयसवाल, खहेरु ठाकुर, त्रिलोकी जयसवाल, सिकन्द्रप्रसाद जयसवाल, राजकिशोर जयसवाल, धिरेन्द्र जयसवाल, अमिन्द्र कुमार, चन्दन प्रसाद, सुरेश जयसवाल, मनोज प्रसाद, बिजेन्द्र प्रसाद, सञ्जय प्रसाद, रामु महतो, योगन्द्र प्रसाद रहेका छन् । \"\" नयाँ शक्तिबाट दिनेश पटेल, रामकिशोर कुशवाहा, गजेन्द्र प्रसाद कुशवाहा, श्यामबाबु कुशवाहा, रामविधाया कुशवाहा, शेषनाथ कुशवाहा, कमलेशप्रसाद कुशवाहा, सन्तोष कुशवाहा, सचिन कुशवाहा लगायतका नेता कार्यकर्ता पनि पूर्वसभासदसँगै माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । त्यसैगरी राजपाका प्रह्लाद सहनी, लोकतान्त्रिक फोरमका ओमनारायण चौरासिया र राप्रपाका राम एकवाल पटेललगायतका नेताहरु पनि माओवादी केन्द्रमा प्रवेश गरेका छन् । प्रवेश कार्यक्रममा बोल्दै नयाँ शक्तिका केन्द्रीय नेता तथा पूर्वसभासद कुशवाहाले माक्र्सवादी विचार, क्रान्तिकारी सिद्धान्त र जनताप्रतिको जिम्मेवारी भुल्न नसकेर आफू माओवादी केन्द्रमा फर्किएको बताउनुभयो । त्यसैगरी एमाले जिल्ला समिति सदस्य जयसवालले एमालेमा फरक मत, विचार, आस्था र भावनाको सम्मान हुने परिस्थिति नरहेकाले आफू माओवादी केन्द्रमा आएको बताए । कार्यक्रममा पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नवआगन्तुक नेता–कार्यकर्तालाई खादा र माला लगाएर पार्टी प्रवेश गराएका थिए । प्रचण्डले भने–बैद्य, बाबराम र विप्लव जी पनि छिट्टै फर्किनुपर्छ ‘प्रचण्ड’ले स्थानीय तहको निर्वाचनमा कांग्रेस, एमाले लगायतका जुनसुकै दल र उम्मेदवारले जिते पनि काम माओवादीकै गर्न बाध्य हुने बताएका छन् । \"\" प्रचण्डले भने, ‘भर्खरै छ वटा प्रदेशमा स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ । हामीले निर्वाचनमा अपेक्षाअनुसार जित्न सकेनौं । तर, माओवादी विचार, राजनीति र एजेण्डाले जितेको छ । निर्वाचनमा कांग्रेस, एमाले लगायतका दल र उम्मेदवारले जिते पनि उनीहरुले काम माओवादीकै गर्नुपर्नेछ । संघीयता, गणतन्त्र र स्थानीय सरकारको माओवादी एजेण्डाभन्दा बाहिर गएर उनीहरुले काम गर्न मिल्दैन । जित्न त उनीहरुले जिते । तर, काम हाम्रो गर्छन्, गर्न बाध्य छन् ।’ प्रचण्डले स्थानीय तहमा माओवादीले जित्दा सुनमा सुगन्ध हुने बताउँदै ढिलो वा चाँडो सबै माओवादीहरु एक ठाउँ आएर देशको नेतृत्व लिनुपर्ने बताए । प्रचण्डले थपे, ‘सबै माओवादी घर फर्किनुको बिकल्प छैन । बाबुरामजी पनि छिट्टै फर्कनुपर्छ, सबै नेता फर्केपछि एक्लै फर्कनुको अर्थ पनि रहँदैन । वैद्यजी, विप्लवजी पनि फर्कनैपर्छ, अन्त जाने कुनै ठाउँ छैन । सबै माओवादी मिलेर मात्रै परिवर्तनलाई संस्थागत गर्न सकिन्छ ।’  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE