Khabar Dabali ३ फाल्गुन २०८२ आईतवार | 15th February, 2026 Sun
Investment bank

सप्तरीका बाढी पीडितलाई राहत वितरण

[caption id=\"attachment_141156\" align=\"alignleft\" width=\"750\"]\"\" फार्इल फोटो[/caption] सप्तरी, २६ असार । एक हप्ता अगाडि सप्तरीमा अविरल वर्षासँगै आएको बाढीका कारण प्रभावित परिवारलाई विभिन्न सङ्घ संस्थाले राहत वितरण गरेका छन् । मोहुली खोलालगायत विभिन्न नदीमा आएको बाढीले सप्तरी जिल्लाको लोहजरा गाविसका प्रभावित स्थानीय बासिन्दालाई झापाका रोट्र्याक क्लब अफ काँकडभिट्टा, रोट्र्याक क्लब अफ बिर्तामोड मिड् टाउन र मधेसी एसोसियसन अफ अमेरिकाले संयुक्त रुपमा १०० थान झुल, प्रत्येक परिवारलाई पाँच किलोका दरले चामल, खानेतेल, दाल र प्रत्येक परिवारलाई एक बोरा भुजा, २० कार्टुन वाइवाइ चाउचाउ र २० बोरा लत्ता कपडा वितरण गरिएको रोट्र्याक क्लब अफ काँकडभिट्टाले जनाएको छ । त्यहाँ करिब ९७ घर परिवारलाई रु एक लाख मूल्य बराबरको राहत साम्रगी वितरण गरिएको बताइएको छ । यस्तै बाढीबाट पीडित परिवारलाई जनकपुरको सक्रिय संयुक्त मधेस सङ्घर्ष समितिले समेत राहत प्रदान गरेको छ । समितिका पदाधिकारीले सप्तरी पुगेर जिल्लाको बाढी प्रभावित क्षेत्र मैनाकडेरी र रधुनाथपुरका पीडित परिवारलाई राहतस्वरुप विभिन्न सामग्री बाँडेका थिए । उक्त समितिले सप्तरीमा रु पाँच लाख मूल्य बराबरको त्रिपाल, ओछ्याउने फोम, लताकपडासहित औषधिसमेत बाँडेको सो समितिले जनाएको छ । त्यस्तै सप्तरीको खाँडो नदीको कटानबाट प्रभावित मलेठका बढी पीडित परिवारलाई जनज्योति कृषि सहकारी संस्थाले पनि संस्थाका बचतकर्ता तथा ऋणीलाई राहत वितरण गरेका छन् । उक्त संस्थाले संस्थाका बचतकर्ता एवम् ऋणीलाई नगद रु दुई हजारका दरले संस्थाको कार्यालयमा एक कार्यक्रमबीच सो राहत वितरण गरेको हो । संस्थाका अध्यक्ष विश्वनाथ मण्डलको अध्यक्षता तथा समाजसेवी हरेकृष्ण प्रसादसिंह हरिबाबुको प्रमुख आतिथ्य एवम् वरिष्ठ पत्रकार अनिलकुमार अनल उपस्थितिमा राहत वितरण गरिएको बताइएको छ ।   यसैगरी राजविराज नगरपालिका–९ को दलित बस्तीमा हेल्प नेपाल नेटवर्क काठमाडौँको सहयोग तथा धर्मी हल्फा महिला विकास क्लब सप्तरीको संयोजनामा मलेठका बाढीपीडित परिवारलाई राहत वितरण गरिएको छ । मलेठ–७ हाल राजविराज नगरपालिका–९ का ३२ परिवार र दिघवाका–४ गरी ३६ परिवारलाई राहत वितरण गरिएको क्लबका अध्यक्ष इन्जिनियर सूर्यनारायण यादवले बताएका छन्। रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE