Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

राष्ट्रपतिविरुद्ध लाखौं मानिस सडकमा उत्रिए

\"\"टर्की, २६ असार । टर्कीमा राष्ट्रपति रेसेप तैयाप एर्दोगानको एकतन्त्रीय शासनविरुद्ध लाखौ मानिस सडकमा उत्रिएर प्रदर्शन गरेका छन् । इस्तानबुल शहरको सडकमा ४५० किलोमिटर लामो न्याय र्‍यालीमा सहभागिहरुले सरकारी दमनको खुलेर आलोचना गरे । गत वर्ष सेनाका केहीले गरेको असफल सत्ता विद्रोह ‘कू’ यता एर्दोगान सरकारले अन्धाधुन्ध धरपकड र दमनको बाढी नै ल्याएको भन्दै विपक्षी नेता केमाल किलिक्दारोग्लुले एर्दोगान सत्ताको आलोचना गरे । एर्दोगानले भने र्यालीमा सहभागि हुनेलाई आतंकवादको समर्थक भन्दै आलोचना गरेका छन् । एर्दोगानले विपक्षी किलिक्दारोग्लु राजनीतिक विपक्षभन्दा बाहिर गएर आतंकवादी संगठनको लागि काम गर्न थालेको र यो देशद्रोह भएको आरोप लगाए । चार वर्ष यताकै सबैभन्दा ठूलो प्रदर्शनमा सहभागि भएकाले कू विरुद्ध एर्दोगानलाई समर्थन गर्नुको मतलब उनको स्वेच्छाचारितालाई साथ नदिएको बताएका अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । गत वर्षको १५ जुलाईमा भएको असफल सत्ता विद्रोहपछि संसदको अधिकार हातमा लिँदै व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाको अधिकार एक व्यक्तिको हातमा पुगेको नेता किलिक्दारोग्लु बताए । एर्दोगान सत्ताले ५० हजारभन्दा बढी व्यक्तिलाई धरपकड गरेको छ भने डेढ लाखभन्दा बढीलाई जागीरबाट बर्खास्ती गरेको छ । सांसद, एम्नेष्टी इन्टरनेशनलका अध्यक्षसहितका मानवअधिकारवादी, वरिष्ठ पत्रकार सयौंलाई बन्दी बनाइएकामा अन्तर्राष्ट्रियस्तरमा आलोचना भएपनि टर्की सरकारले सुनेको छैन । एजेन्सी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending