Khabar Dabali ३ फाल्गुन २०८२ आईतवार | 15th February, 2026 Sun
Investment bank

नवलपुरलाई छुट्टै जिल्ला घोषणा गर्न माग

\"\"नवलपरासी, २४ असार । दुई प्रदेशमा विभाजन भएको नवलपरासी जिल्लामा थप एउटा जिल्ला समन्वय समिति स्थापना गर्नुपर्ने यहाँका राजनीतिक दलहरुले माग गरेका छन् । नवलपरासीको नवलपुर क्षेत्रका जनप्रतिधि तथा राजनीतिक दलहरुले नवलपुरलाई छिट्टै जिल्ला घोषणा गरेर नवलपुर जिल्ला समन्वय समिति बनाउनका लागि सरकारको ध्यानाकर्षण गराएका हुन । नवलपुर क्षेत्रका– आठ वटै स्थानीय तह चार नगरपालिका चार गाउँपालिकाका जननिर्वाचित प्रतिनिधि र प्रमुख तीन दल नेपाली कांग्रेस ,नेकपा एमाले र नेकपा माओवादी केन्द्रका जिल्ला संयोजकको संयुक्त बैठकले नवलपुरलाई छुट्टै जिल्ला घोषणा गर्न सरकारसँग माग गरेको हो । संविधानमा उल्लेखित विधान संशोधन मार्फत् छिट्टै नवलपुरलाई जिल्ला घोषणा गर्न र जिल्ला समन्वय समिति बनाउनका लागि गरिएको निर्णय कावासोती नगरपालिकाकी प्रमुख चन्द्राकुमारी पुनले बताए । नेपाली कांग्रेसका जिल्ला सभापति विष्णु लामिछानेले नवलपुर र परासीलाई छुट्टाछुट्टै जिल्ला घोषणा गरेर दुई जिल्ला समन्वय समिति बनाउनुपर्ने बताए । सकेसम्म छिट्टै यो विषयमा सरकारले निर्णय लिनुपर्ने लामिछानेले बताए । यस्तै नेकपा एमालेका नवलपुर संयोजक रोशन गाहाले पनि नवलपरासीको सबै स्थानीय तहमा निर्वाचन सम्पन्न भइसकेकाले सरकारले अब छिट्टै नवलपुरलाई छुट्टै जिल्ला घोषणा गर्नुपर्ने बताए । यसैगरी माओवादी केन्द्र नवलपुर संयोजक धनश्याम सापकोटाले संविधानमा आवश्यक विधि र प्रक्रिया पु¥याएर नवलपुरलाई छुट्टै जिल्ला घोषणा गर्न सरकारसँग माग गरे । सरकारमा रहेको दल भएकाले पनि आफूहरुले नवलपुरलाई छुट्टै जिल्ला घोषणा गर्नका लागि घचघच्याउने नेताले जनाएका छन् । हाल राज्यपुनः सरचना अन्तर्गत नवलपरासीको दान्नेदेखि पारी परासी क्षेत्रलाई प्रदेश न ४ र दाउन्नेदेखि वारी परासी क्षेत्रलाई प्रदेश न–५ मा राखिएको अवस्था छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE