Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

कतारविरुद्ध थप नयाँ कदम चाल्ने चेतावनी

\"\"काठमाडौं, २४ असार । कतारले चार छिमेकी मुलकका माग अस्वीकार गरेपछि ती अरब मुलुकले कतार विरुद्ध थप नयाँ कदम चाल्ने चेतावनी दिएका छन् । तर ती कदम कस्ता हुनेछन् भनेर खुलाएका छैनन् । साउदी अरेबिया, बहरेन, इजिप्ट र संयुक्त अरब एमिरेट्सले दोहामाथि सो क्षेत्रको सुरक्षालाई जोखिममा पार्ने नीति जारी राखेको आरोप लगाएका छन् । त्यसका विरुद्ध ठिक समयमा उचित कदम चाल्ने उनीहरुले बताएका छन् । उनीहरुले कतारमाथि आतंकवादलाई सहयोग गरेको र इरानसंग सम्बन्ध राखेको आरोप लगाउँदै गत जुन महिनामा सम्पर्क विच्छेद गरेका थिए । कतारले भने आफुले केही गल्ती नगरेको बताएको छ । तेल र ग्यासको धनी सो देशलाई थुप्रै मागहरुको सूची दिइएको थियो । ती मध्ये अल जजीरा समाचार संस्था बन्द गर्नुपर्ने, टर्कीको सैनिक आधार शिविर बन्द गर्नुपर्ने, मुस्लिम ब्रदरहुड नामक समूहसंग सम्बन्ध तोड्नुपर्ने र तेहरानसंगको सम्बन्ध घटाउनुपर्ने लगायतका माग छन् । कतारले आतंकवादलाई समर्थन गरेको अस्वीकार गरेको छ र आफ्नो सार्वभौमसत्ता लाई जोखिममा पार्ने र अन्तर्राष्ट्रिय कानुनलाई उल्लंघन गर्ने कुनै पनि कदमलाई नमान्ने बताएको छ । कतारमाथि लागू गरिएका स्थलगत, समुद्री र हवाई प्रतिबन्धले त्यहाँ हलचल मचाएको छ किनकी आफ्ना २७ लाख मानिसका आवश्यकता पूरा गर्न कतार आयातमा निर्भर छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending