Khabar Dabali ३ फाल्गुन २०८२ आईतवार | 15th February, 2026 Sun
Investment bank

सडक बगाएपछि बेनी–जोमसोम सडक अवरुद्ध

\"\"म्याग्दी, २४ असार । बेनी–जोमसोम सडकखण्डअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ भिरकाटेमा कालीगण्डकी नदीले सडक बगाएपछि सिधा यातायात अवरुद्ध बनेको छ । अविरल वर्षाका कारण कालीगण्डकी नदीको बहाव उच्च भएपछि तीन वर्षअघि सडक विभागले निर्माण गरेको पक्की पर्खाल नदीले बगाएको हो । नदीले करिब २० मि सडक बगाएपछि बेनी–जोमसोम सडकमा दुई दिनदेखि सिधा यातायात अवरुद्ध बनेको अन्नपूर्ण गाउँपालिका–२ का वडा सदस्य बुद्धि पुनले जानकारी दिए । उनका अनुसार सडक अवरुद्ध बनेपछि म्याग्दीको उत्तरी भेगका साथै हिमाली जिल्ला मुस्ताङ जाने पर्यटक, तीर्थयात्री तथा सर्वसाधारण यात्रु् समस्यामा परेका छन् । सिधा यातायात अवरुद्ध बनेपछि यात्रुले सवारीसाधन परिवर्तन गरि यात्रा गर्नुपर्ने झन्झट भएको छ । बिहीबार साँझ नदी कटानले सडक बगाएको थियो । निरन्तरको वर्षाले कालीगण्डकीमा उर्लिएको बहावले क्षति पु¥याएको सडकलाई अस्थायी रुपमा मर्मत गरी खुलाउने प्रयास भइरहेको अन्नपूर्ण गाउँपालिका प्रमुख क्या डमबहादुर पुनले जानकारी दिए । अहिले कालीगण्डकीले कटान गरेका ठाउँमा अस्थायी रुपमा डोजरको सहायताले ठूला–ठूला ढुङ्गा राखेर नदीको बहाव रोकी एकतर्फी रुपमा भए पनि सडक खुलाउने प्रयास भइरहेको उनले बताए । सिधा सवारी सञ्चालन नहुँदा सयौँ यात्रु समस्यामा परेपछि सडकको अवस्थाबारे शुक्रबार प्रजिअ राजुप्रसाद पौडेललगायत सुरक्षा निकायका अधिकारीले स्थलगत निरीक्षण गरे । जिल्लास्थित सुरक्षा निकाय र गाउँपालिकाको पहलमा सडक विभागका डोजर तथा दानास्थित निर्माणाधीन सबस्टेसनका दुई र घलेम्दी हाइड्रोपावर प्रोजेक्टको एक टिपर कटान भएको सडकलाई अस्थायी रुपमा सञ्चालन गराउने कार्यमा परिचालन भएका छन् । सडक भत्किएपछि बेनी, पोखरा र काठमाडौँबाट मुस्ताङका लागि छुटेको सवारीसाधन भिरकाटेमै तथा जोमसोमबाट छुटेका जिप, बस तथा मालबाहक ट्रक पोखरेबगरमै रोकिएका छन् । आज साँझसम्म एकतर्फी रुपमा भए पनि सडक खुलाउने प्रयास भइरहेको सडक विभागका स्थानीय प्रतिनिधि इन्द्रसिंह शेरचनले जानकारी दिए । सो सडकमा जिप, बस तथा मालबाहक ट्रक गरी दैनिक २०० सवारीसाधन सञ्चालन हुँदै आएका छन् । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE