Khabar Dabali ३ फाल्गुन २०८२ आईतवार | 15th February, 2026 Sun
Investment bank

एक ट्राफिक प्रहरीको जिम्मामा एक हजार सवारी साधन

\"\"काठमाडौँ, २१ असार । ट्राफिक प्रहरीले निर्बाह गर्नुपर्ने दायित्व धेरै छ तर पर्याप्त जनशक्तिको अभावमा सबै दायित्व पूरा गर्न कठिन भएको छ । निर्धारित भन्दा बढी भाडा लिएको, दर्ता नगरी सवारी साधन चलाएको, विदेशमा दर्ता भएका सवारी साधन अनुमति नलिइ चलाएको, बाटो इजाजत नलिएको, ट्राफिक सङ्केत इसारा उलङ्घन गरेकोे, निषेधित स्थानमा पार्किङ गरेको वा हर्न बजाएकामा कारबाही गर्न ट्राफिकलाई अधिकार दिइएको छ । यस्तै एकतर्फी सडकमा दोहोरो सवारी साधन चलाएको, राति बत्ती नबालेकोे, नम्बर प्लेट नराखेको, पेटी नबाँधेको हेल्मेट नलगाएको , लापरबाहीसाथ वा मादकपदार्थ सेवन गरेर सवारी साधन चलाएको, तोकिएको भन्दा धेरै मालसामान राखेको, छतमा यात्रु बोकेको, सार्वजनिक सवारी साधनमा धूमपान गरेको, गति निर्धारण गरिएको ठाउँमा तीव्रगतिमा चलाएको सवारी चालकलाई समेत कारबाही गर्नेजस्ता अधिकार छ । यसका अलावा देशको उच्च तहका व्यक्तिको स्वदेश तथा विदेश भ्रमणको समयमा सवारी आगमनलाई प्रभावकारी बनाउने जिम्मा समेत ट्राफिकको छ । काठमाडौँ उपत्यकाको जनसङ्ख्या वृद्धिसङ्गै सवारी साधनको सङ्ख्या पनि अत्यधिक छ । हाल नेपालभर २१ लाख र काठमाडौँमा मात्र १० लाखभन्दा बढी सवारी साधन रहेको यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराई बताउनुहुन्छ । नेपालमा २००४ सालदेखि सवारी साधन दर्ता प्रक्रिया सुरु गरिएकामा हालसम्म २६ लाख सवारी साधन रहेको विभागको तथ्याङ्क छ । प्रहरी प्रधान कार्यालयका प्रवक्ता सर्वेन्द्र खनालका अनुसार हाल देशभर तीन हजार ११४ ट्राफिक जनशक्ति छ । जसमध्ये काठमाडौँ उपत्यकाको सवारी व्यवस्थापनमा प्रहरी नायब महानिरीक्षकको नेतृत्वमा एक हजार ४०४ ट्राफिक प्रहरी छन् । उपत्यकाको सवारी व्यवस्थापनका लागि स्थापना भएको महानगरीय ट्राफिक प्रहरी महाशाखामा केही महिनादेखि प्रहरी वरिष्ठ उपरीक्षक र प्रहरी नायब उपरीक्षकको दरबन्दी खाली छ । महाशाखाका प्रमुख मिङमार लामा समयानुकूल ट्राफिक सङ्गठनलाई परिवर्तन गर्दै लैजानुपर्ने बताउँछन् । उनी भन्छन, “सवारी साधनको तुलनामा पूर्वाधार नभएकाले काम गर्न कठिनाइ भएको छ ।” उपत्यकाको मोटरबाटो बिग्रिनुका साथै बर्खायाममा खाल्डोमा पानी जम्मा हुँदा कतिपय स्थानमा घन्टौँ सवारी जाम समेत हुनेगरेको छ । उपत्यकामा हाल एक हजार ५०० किलोमिटर हाराहारीमा सडक भए पनि ४०० देखि ५०० किलोमिटर सडकमा मात्र बढी सबारी साधन गुड्दछन । नयाँ बानेश्वर, थापाथली, सिंहदरबार, कोटेश्वर, कलङ्कीलगायतका मुख्य चोकमा अहिले पनि सात मिनेटसम्म सवारी साधन जामपर्ने गरेको छ । महाशाखामा भएको कुल जनशक्तिमध्ये बाटोमा खटिने जनशक्ति भने एक हजारको हाराहारीमा हो । उपत्यकामा एकजना ट्राफिकले एक हजार सवारी साधनको व्यवस्थापन गर्नुपर्छ तर यसका लागि लागि कम्तीमा एक हजार ८०० देखि दुई हजारसम्म जनशक्ति आवश्यकपर्ने महाशाखाले जनाएको छ । विश्वका कतिपय मुलुकमा ट्राफिक व्यवस्थापन कम्युटर प्रणालीमार्फत गर्ने गरेपनि नेपालमा भने हातको इसारामा हुँदै आएको छ । बाटोमा भएका ट्राफिक बत्ती बिग्रिँदा ट्राफिकले उक्त मार खेप्नुपरेको हो । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE