Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

भारतीय प्रधानमन्त्री मोदी इजरायल र जर्मनी भ्रमणमा

\"\"भारत, २० असार । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी इजरायलको औपचारिक भ्रमणका लागि मङ्गलबार त्यसतर्फ लाग्का छन् । इजरायल र जर्मनीको औपचारिक भ्रमणका लागि उनी मङ्गलबार इजरायलतर्फ लागेको समाचारमा जनाइएको छ । भारतीय प्रधामन्त्रीबाट यस यहुदी राज्यको भ्रमण भएको यो नै पहिलो पटक हो । त्यसैले यस भ्रमणलाई भारतीय सञ्चारमाध्यमहरुले ऐतिहासिक भनेका छन् । भारत र इजरायलबीच कूटनीतिक सम्बन्ध स्थापना भएको २५ वर्ष पुगेको उपलक्ष्यमा गरिने समारोहमा प्रधानमन्त्री मोदीलाई प्रमुख अतिथि बनाइएको छ । सो विशेष समारोहमा सहभागिताका लागि उनी आजदेखि ६ जुलाइसम्म इजरायलमा रहनु हुने भारतीय विदेश मन्त्रालयले जनाएको छ । यस भ्रमणका क्रममा उनले आफ्ना इजरायली समकक्षी बेन्जामिन नेतान्याहुसँग भेटावार्ता गर्ने र सो वार्ताको क्रममा द्विपक्षीय चासोका धेरै विषयमा छलफल हुने जानकारी दिइएको छ । साथै उनले इजरायली राष्ट्रपति रेउभेन रिभरिनसँग पनि प्रधानमन्त्री मोदीले शिष्टाचार भेट गर्ने पनि समाचारमा जनाइएको छ । ‘भोलिबाट म इजरायलको ऐतिहासिक भ्रमण सुरु गर्दैछु र इजरायल भारतको एक घनिष्ठ मित्रको रुपमा रहेको छ– प्रधानमन्त्री मोदीले आफ्नो ट्वीटर अकाउन्टमा भनेका छन् । यस यहुदी मुलुकको भ्रमण गर्ने म नै पहिलो भारतीय प्रधानमन्त्री हुन पाएकोमा मैले आफूलाई सौभाग्यशाली ठानेको छु– उनले भनेका छन्। आफू इजरायल भ्रमणको अभूतपूर्व क्षणको प्रतिक्षारत रहेको र यसबाट दुई देश र जनताको सम्बन्ध थप नजिकिने छ– प्रधानमन्त्री मोदीद्धारा सोमाबार जारी विज्ञप्तिमा जनाइएको छ । उनी पहिलो चरणमा इजरायलको भ्रमण गरी त्यसपछि जर्मनीतर्फ लाग्नेछन् । उनको साथमा भारतीय उच्च सरकारी अधिकारीहरुको समूह रहेको छ । जर्मनीको ह्याम्बर्गमा हुन लागेको जी–२० सम्मेलनमा भाग लिन उनी जर्मनी जान लागेको भारतीय विदेश मन्त्रालयले यस अघि नै जानकारी दिएको थियो । उनको भ्रमणको कार्यतालिका भन्दै भारतीय विदेश मन्त्रालयले प्रकाशन गरेको विज्ञप्तिमा भ्रमणको अन्तिम गन्तब्यको रुपमा प्रधानमन्त्री मोदी जर्मनी पुग्ने ह्याम्बर्गमा आगामी जुलाई ७ देखि ८ सम्म हुने जी–२० को सम्मेलनमा सहभागी हुने बताइएको छ । रासस/सिन्ह्वा
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending