Ntc summer Offer
Khabar Dabali २३ बैशाख २०८१ आईतवार | 5th May, 2024 Sun
NIMB

भारतीय प्रधानमन्त्री मोदी इजरायल र जर्मनी भ्रमणमा

\"\"भारत, २० असार । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी इजरायलको औपचारिक भ्रमणका लागि मङ्गलबार त्यसतर्फ लाग्का छन् । इजरायल र जर्मनीको औपचारिक भ्रमणका लागि उनी मङ्गलबार इजरायलतर्फ लागेको समाचारमा जनाइएको छ । भारतीय प्रधामन्त्रीबाट यस यहुदी राज्यको भ्रमण भएको यो नै पहिलो पटक हो । त्यसैले यस भ्रमणलाई भारतीय सञ्चारमाध्यमहरुले ऐतिहासिक भनेका छन् । भारत र इजरायलबीच कूटनीतिक सम्बन्ध स्थापना भएको २५ वर्ष पुगेको उपलक्ष्यमा गरिने समारोहमा प्रधानमन्त्री मोदीलाई प्रमुख अतिथि बनाइएको छ । सो विशेष समारोहमा सहभागिताका लागि उनी आजदेखि ६ जुलाइसम्म इजरायलमा रहनु हुने भारतीय विदेश मन्त्रालयले जनाएको छ । यस भ्रमणका क्रममा उनले आफ्ना इजरायली समकक्षी बेन्जामिन नेतान्याहुसँग भेटावार्ता गर्ने र सो वार्ताको क्रममा द्विपक्षीय चासोका धेरै विषयमा छलफल हुने जानकारी दिइएको छ । साथै उनले इजरायली राष्ट्रपति रेउभेन रिभरिनसँग पनि प्रधानमन्त्री मोदीले शिष्टाचार भेट गर्ने पनि समाचारमा जनाइएको छ । ‘भोलिबाट म इजरायलको ऐतिहासिक भ्रमण सुरु गर्दैछु र इजरायल भारतको एक घनिष्ठ मित्रको रुपमा रहेको छ– प्रधानमन्त्री मोदीले आफ्नो ट्वीटर अकाउन्टमा भनेका छन् । यस यहुदी मुलुकको भ्रमण गर्ने म नै पहिलो भारतीय प्रधानमन्त्री हुन पाएकोमा मैले आफूलाई सौभाग्यशाली ठानेको छु– उनले भनेका छन्। आफू इजरायल भ्रमणको अभूतपूर्व क्षणको प्रतिक्षारत रहेको र यसबाट दुई देश र जनताको सम्बन्ध थप नजिकिने छ– प्रधानमन्त्री मोदीद्धारा सोमाबार जारी विज्ञप्तिमा जनाइएको छ । उनी पहिलो चरणमा इजरायलको भ्रमण गरी त्यसपछि जर्मनीतर्फ लाग्नेछन् । उनको साथमा भारतीय उच्च सरकारी अधिकारीहरुको समूह रहेको छ । जर्मनीको ह्याम्बर्गमा हुन लागेको जी–२० सम्मेलनमा भाग लिन उनी जर्मनी जान लागेको भारतीय विदेश मन्त्रालयले यस अघि नै जानकारी दिएको थियो । उनको भ्रमणको कार्यतालिका भन्दै भारतीय विदेश मन्त्रालयले प्रकाशन गरेको विज्ञप्तिमा भ्रमणको अन्तिम गन्तब्यको रुपमा प्रधानमन्त्री मोदी जर्मनी पुग्ने ह्याम्बर्गमा आगामी जुलाई ७ देखि ८ सम्म हुने जी–२० को सम्मेलनमा सहभागी हुने बताइएको छ । रासस/सिन्ह्वा
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies