Khabar Dabali ३ फाल्गुन २०८२ आईतवार | 15th February, 2026 Sun
Investment bank

राति डेढ महिना मुग्लिन–नारायणगढ सडकखण्ड बन्द गर्न निर्देशन

\"\"काठमाडौँ, २० असार । व्यवस्थापिका–संसद्, विकास समितिले नारायणगढ–मुग्लिन सडकखण्डमा आगामी डेढ महिनासम्म राति सवारी सञ्चालन नगर्न निर्देशन दिएको छ । समितिको आज सिंहदरबारमा बसेको बैठकले स्तरोन्नतिका क्रममा रहेको उक्त सडकखण्डमा वर्षायामसँगै पहिरो झरेर सडक अवरुद्ध हुनाका साथै मानवीय क्षतिसमेत हुन थालेपछि थप सुरक्षाको प्रबन्ध गर्न, वर्षायामको समयसम्म करिब डेढ महिना राति सवारी आवागमन निषेध गर्न, वैकल्पिक मार्गको प्रयोग गर्न, सम्भव भएसम्म राति पनि सडक विस्तारको काम गर्न तथा जोखिमयुक्त बस्तीलाई स्थानान्तरण गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको हो । बैठकले काठमाडौँ उपत्यकाभित्रका सडकलाई तत्काल स्तरोन्नति गर्न, मापदण्डानुसार सडकको चौडाइ तत्काल विस्तार गर्न, आगामी दिनमा बिजुलीका तारलाई युटिलिटिटनेलअन्तर्गत अन्डरग्राउन्ड गर्न र सडकलाई तीन महिनाभित्र दुरुस्त अवस्थामा पु¥याउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, काठमाडौँ उपत्यका विकास प्राधिकरण, सडक विभाग, काठमाडौँ महानगरपालिकालाई र नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएको छ । मुग्लिन–नारायणगढ सडकखण्ड सम्झौतानुसार यसै वर्षको अप्रिल महिनाभित्रै निर्माण सम्पन्न गरी हस्तान्तरण भइसक्नुपर्नेमा हालसम्म औसत ५० प्रतिशत मात्रै काम भएको छ । समितिले सडक विस्तारको कार्यलाई द्रुत गतिमा अगाडि बढाई सन् २०१७ भित्रै निर्माणसम्पन्न गरिसक्नसमेत निर्देशन दिएको छ । बैठकले उत्तरी सीमा नाका जोड्ने सडक, हुलाकी राजमार्ग, मध्यपहाडी लोकमार्गलगायत राजमार्गको कार्य प्रगतिबारे समितिले नियमित रुपमा स्थलगत भ्रमण÷अनुगमन गरी देखिएका समस्या पहिचान गर्दै समाधानका लागि लेखी पठाए पनि अझै पनि कतिपय समस्या समाधान नभएकाले सो सम्बन्धमा मन्त्रालय र सडक विभागलाई पुनः ध्यानाकर्षण गराएको छ । बैठकले सडक निर्माण गर्ने सीमित निकायबीच पनि समन्वयको अभाव रहेको ठहर गर्दै समितिले उपत्यका विकास प्राधिकरण, सडक विभाग, महानगरपालिकालगायतले समन्वयमा काम गर्नुपर्ने जनाएको छ । त्रिपुरेश्वर–कलङ्की–नागढुङ्गा सडकखण्डमा अत्यधिक सवारी चाप रहेकाले सडक विस्तार अनिवार्य भएको बताउँदै समितिले सडक विस्तारका लागि घर जग्गाको मुआब्जामा समस्या, नगर विकास मापदण्डअनुसारको विस्तारमा रहेको समस्या, फरक फरक मितिमा नेपाल सरकारले गरेको निर्णयअनुसार पर्न गएका समस्या छिटो टुङ्ग्याउन भनेको छ । सो सडकखण्ड विस्तारका सम्बन्धमा सर्वोच्च अदालतको आदेशको सम्मान गर्दै पीडितलाई कानुनबमोजिम क्षतिपूर्तिसमेत उपलब्ध गराई सम्भावित उपाय पहिल्याई विस्तार शीघ्र गर्न÷गराउन समिति प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र उपत्यका विकास प्राधिकरणलाई निर्देशन दिएको छ । बैठकमा समितिका सदस्यले मुलुकका सबै राजमार्गको अवस्था दयनीय बन्दै गएको बताउँदै तत्काल मर्मत गर्न सडक विभाग र सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराउनुभयो । बैठकले काठमाडौँको नागढुङ्गादेखि त्रिपुरेश्वरसम्मको सडक विस्तारमा भइरहेको ढिलाइ तथा समस्याका बारेमा सरोकार भएका निकायलाई बोलाई छलफल गरेको छ । सो सडकखण्ड निर्माण नहुँदा सो बाटो भएर यात्रा गर्ने यात्रु घन्टौँ जाममा बस्नुपर्ने र सास्ती व्यहोर्नुपरेका बेला समितिले भौतिक पूर्वाधार मन्त्रालय, विभाग र उपत्यका विकास प्राधिकरणका अधिकारीलाई बोलाएर समयमै सडक निर्माण नहुनाका कारणबारे छलफल गरेको हो । सो अवसरमा समितिका सदस्यका प्रश्नको उत्तर दिँदै भौतिक पूर्वाधार मन्त्रालयका सचिव देवेन्द्र कार्कीले सर्वोच्च अदालतका आदेश, स्थानीयवासीको अवरोध, विद्युत्का खम्बा, खानेपानी तथा ढलका पाइपको सम्बन्धित निकायले समयमै व्यवस्थापन नगर्नाले काममा अवरोध पुगेको बताउनुभयो । सडक मिचेर बनाइएका संरचना भत्काउन जिम्मा उपत्यका विकास प्राधिकरणको भए पनि स्थानीयवासीले हालेको मुद्दामा सर्वोच्च अदालतबाट ३९ अन्तरिम आदेश जारी भएर काम रोकिएको प्राधिकरणका प्रमुख भाइकाजी तिवारीले जानकारी दिनुभयो । कलङ्की–नागढुङ्गा सडक चार लेनसहित २२ मिटर फराकिलो बनाउन लागिएको थियो । चार लेन सडकको बीचमा दुई मिटर फराकिलो हरियाली स्थान, सडकका दुवैतर्फ १।२ मिटर फराकिलो साइकल लेन, अपाङ्गता तथा दृष्टिविहीनमैत्री, फराकिलो फुटपाथसमेत हुने डिजाइनमा उल्लेख छ । प्रतिवेदन पारित बैठकले कालीगण्डकी करिडोर स्थलगत निरीक्षण भ्रमण प्रतिवेदन २०७३, नारायणघाट–मुग्लिन सडकखण्ड आयोजनाको स्थलगत निरीक्षण भ्रमण प्रतिवेदन, २०७४ र मैलुङ–स्याफ्रुबेँसी सडकखण्ड तथा रसुवागढी केरुङ नाकाको स्थलगत अवलोकन भ्रमण प्रतिवेदन, २०७४ पारित गरेको छ । प्रतिवेदनमा निर्माणाधीन ती सडकको कार्यप्रगति, निर्माणमा देखिएका चुनौती, सडकका महत्व र आवश्यकता, सुधार गर्नुपर्ने पक्षलगायत विषय समेटिएको छ । यसअघि आज बिहान बसेको समितिको पहिलो बैठकले समितिका सदस्य महिन लिम्बूको ६० वर्षका उमेरमा यही असार १० गते भएको निधनमा शोक प्रस्ताव पारित गर्दै मृतकप्रति श्रद्धाञ्जलिका साथ उहाँको परिवारजनप्रति समवेदना व्यक्त गरेको थियो । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE