Khabar Dabali ३ फाल्गुन २०८२ आईतवार | 15th February, 2026 Sun
Investment bank

टोपबहादुर रायमाझीको गृहजिल्लामा मतगणना सकियो, यस्तो छ अन्तिम नतिजा

\"\"अर्घाखाँची, १९ असार । अर्घाखाँचीका सबै स्थानीय तहको मतगणना सम्पन्न भएको छ । जिल्लाको छ स्थानीय तहमध्ये चारमा कांग्रेस र एक÷एक स्थानीय तहमा एमाले र नेकपा माओवादी केन्द्र विजयी भएका छन् । सन्धिखर्क नगरपालिका, शीतगङ्गा नगरपालिका, पाणिनी गाउँपालिका र छत्रदेव गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएका हुन् भने मालारानी गाउँपालिकामा एमालेले र भूमिकास्थान नगरपालिकामा माओवादी केन्द्र विजयी भएका हुन् । सन्धिखर्क नगरपालिकाको प्रमुखमा कांग्रेसका कमलप्रसाद भुसालले आठ हजार ३०३ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका कृष्णप्रसाद श्रेष्ठले सात हजार १२७ मत प्राप्त गरे । त्यस्तै, उपप्रमुखमा माओवादी केन्द्रका ठाकुर विकले सात हजार १२७ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका ईश्वरा पोख्रेलले छ हजार ४०४ मत प्राप्त गरे । शीतगङ्गा नगरपालिकाको प्रमुखमा कांग्रेसकै सूर्य अधिकारीले आठ हजार ६७७ मत प्राप्त गरी विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका वसन्त श्रेष्ठले छ हजार ९९० मत प्राप्त गरे । त्यस्तै उपप्रमुखमा माओवादी केन्द्रका टीका रेस्मीले सात हजार १२८ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी गीता भाट छिन्। यसैगरी छत्रदेव गाउँपालिकाको अध्यक्षमा काँग्रेसकै लेखनाथ पोख्रेलले छ हजार १६७ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका ऋषि अधिकारीले पाँच हजार ६५ मत प्राप्त गरे । त्यस्तै उपाध्यक्षमा कांग्रेसकै तुलसादेवी श्रेष्ठले छ हजार १९० मत प्राप्त गरी विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी मनिषा पन्थी रहेका थिए । यस्तै, पाणिनी गाउँपालिकाको अध्यक्षमा काँग्रेसकै अच्युत गौतमले पाँच हजार ९७७ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका जीवनारायण कोइरालाले पाँच हजार ४८५ मत प्राप्त गरे । उपाध्यक्षमा एमालेकी लक्ष्मी गौतमले पाँच हजार ५४७ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी अम्बिका पोख्रेल थिए। यसैगरी मालारानी गाउँपालिकाको अध्यक्षमा एमालेका बालकृष्ण आचार्यले छ हजार ५०३ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका पदम क्षेत्रीले पाँच हजार ५०४ मत प्राप्त गरे । उपाध्यक्षमा एमालेकी प्रमिला क्षेत्री छ हजार ५२२ मत प्राप्त गरी विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी शान्ता खनालले पाँच हजार २१० मत प्राप्त गरे । त्यस्तै, भूमिकास्थान नगरपालिकाको प्रमुख माओवादी केन्द्रका रेशम थापा पाँच हजार ३२० मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय जनमोर्चाका कविराम खनालले चार हजार ५४२ मत प्राप्त गरे । उपप्रमुखमा कांग्रेसका खडानन्द बेल्बासेले पाँच हजार २३० मत प्राप्त गरी विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी सुनिता बेल्बासेले चार हजार ७०१ मत प्राप्त गरे । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE