Khabar Dabali २ फाल्गुन २०८२ शनिबार | 14th February, 2026 Sat
Investment bank

एउटा नमिठो चुनावः हिजो छोराको मृत्यु आज बाबु वडाध्यक्षमा विजयी

\"\"कपिलवस्तु, १८ असार । मान्छेको जिन्दगी, जे भए पनि सहनै पर्छ । यस्तै भएको छ वाणगङ्गा नगरपालिका वडा नं. ११ का सोमनाथ अर्याललाई । कपिलबस्तु जिल्लाको वाणगङ्गा नगरपालिका वडा नं. ११ का माओवादी उम्मेदवार हुन अर्याल । ओदारी घर भएका अर्याल वडाध्यक्षमा विजय भएको घोषणा गरिरहँदा उनका आँखामा आँसु रसाइरहेका थिए । यता जीतको खुशी, अर्कोतर्फ हिजोमात्रै तीन महिने छोराका मृत्यु । दुःख र सुखको संयोग एकैपटक । न रुन सकिने, न त धीत मरेर हाँस्न नै । “स्तब्ध अवस्थामा छु । छोरालाई केही नभएको भए कति खुसी भइन्थ्यो होला ।” सोमनाथ भन्छन् । वडामा उनले एक हजार ६ सय सन्ताउन्न मत प्राप्त गरे । प्रतिष्पर्धि नेपाली कांग्रेसले ११ सय ६३ मात्रै ल्याउन सक्यो । जनतामाझ लोकप्रिय मानिन्छन् अर्याल । जिताए पनि । तर व्यक्तिगत जीवनमा भने उनले ठूलै कुरा गुमाए । उनी चुनाव प्रचार र मतगणनाको चटारोमा छँदा सुत्केरी बस्न श्रीमती गुल्मीको सिमलटारे गएकी थिइन । उनी यता चुनावमा व्यस्त । घरदैलो, आमसभा, कोणसभा, भेटघाट । तर यही बीचमा आत्तिने गरी समाचार सुने उनले, “छोरा सिकिस्त छ रे, पाल्पा या बुटवल लैजानुपर्यो ।” बच्चालाई खोप लगाएपछि ज्वरो सुरु भएर निमोनिया भएको रहेछ । दुई तीन दिनसम्म घरमा निको नभएपछि मावलीकाले पाल्पा प्रबास पुर्याए । “तर बचाउन सकिएन, आइसियुमा राखेको ५ मिनेटमैं बित्यो” उनले भने । र, यो घटनाको ठीक भोलीपल्ट आज सोमनाथ अत्यधिक मतान्तरले विजयी भएको घोषणा भयो । अरु बेला भएको भए उनी अहिलेसम्म रंगिई सक्थे होलान् । तर उनले अविर दल्न सकेनन् । हिजो मात्रै त्यति ठूलो शोक । “यस्तोमा अविर नदल्ने सामाजिक परिपाटी र संस्कार छ, मनले पनि मानेन्, त्यसैले ५ दिनपछि औपचारिक रुपमा विजय मनाउँछौं” उनले भने । तीन महिना अघि छोराको जन्म हुँदा परिवारमा नै उल्लास छाएको थियो सोमनाथको । यसअघि उनका कुनै बच्चा भएका थिएनन् । “२० वर्षपछि छोरा पाएको, त्यो पनि छोडेर गयो । यता जनताले जिताएका छन् । म स्तब्ध अवस्थामा छु ।” २० वर्षपछि छोरा पाएपछि हर्षित थिए सोमनाथ । दुई वर्ष एमालेबाट माओवादी केन्द्रमा प्रवेश गरेका सोमनाथले छोरा जन्मेको खुशी मनाइरहेकै बेला माओवादी केन्द्रले उनलाई वडाध्यक्षमा टिकट दिने निर्णय गर्यो । यसले झनै थपियो खुशी । पश्चिमाञ्चलको चलन, सुत्केरी बारेपछि श्रीमती छोरा लिएर माइत गइन । उनी भने यता चुनावमा होमिए । मावलीमा छोरा श्रीमती भएकोले ढुक्क हुने अवस्था थियो । चिन्ता केही थिएन । तर…। “बच्चामा लगाउने डिपिटी हो या के खोप लगाएछन् । त्यसको टाइमिङ बिग्रियो कि के भयो, छोरालाई ज्वरो आएछ । बढ्दै गयो, जोगाउन सकिएन” अर्यालले भने । ५ दिनपछि भने अर्यालले विजयोत्सव मनाउने स्थानीय पार्टीले तयारी गरेको छ । अहिले उनको दुःखमा स्थानीय पार्टीले पनि साथ दिएको छ । दुःखी भएपनि जनतासँग गरेका वाचा र प्रतिबद्धता पुरा गर्न भने यो दुःखले झनै आँट दिएको सोमनाथ बताउँछन् । “मेरो व्यक्तिगत क्षति भएपनि जनताले भरोसा गरेर जिताएका छन् । वडा नं. ११ र सिँगो नगरपालिकाका लागि मेरो भूमिका झनै सशक्त बनाउने अठोट लिएको छु ।”
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE