Ntc summer Offer
Khabar Dabali २३ बैशाख २०८१ आईतवार | 5th May, 2024 Sun
NIMB

भारतमा राष्ट्रब्यापी नयाँ कर प्रणाली

\"\"नयाँदिल्ली, १७ असार । भारतको केन्द्रिय सरकारले १ जुलाई २०१७ देखि राष्ट्रभर प्रभावकारी हुने गरी नयाँ तथा एकिकृत कर प्रणाली लागू गरेको छ । माल सामान तथा सेवा व्यवसाय कर \'गुड्स एण्ड सर्भिस ट्याक्स – जिएसटि\' नामाकरण गरिएको यस नयाँ र एकल कर प्रणाली राष्ट्रव्यापी रुपमा लागू गरिएपछि यसअघि विभिन्न राज्य तथा केन्द्रमा बिद्यमान अलग अलग राज्यीय र संघीय कर व्यवस्था खारेजीमा परेको छ । शुक्रबार मध्यरातसम्म बसेको भारतीय संसदको बिशेष सत्रले निकै ठूलो छलफल र विश्लेषणपश्चात् बहूमतद्वारा यस एकिकृत कर प्रणाली पारित गरेको थियो । अब, भारतका सबै राज्यहरु र केन्द्रमा माल सामान उत्पादन, बेच–बिखन, बाणिज्य, ब्यापारको आर्थिक ब्यबस्थापनलगायत सेवा उत्पादन तथा प्रदायनसम्बन्धि सबै ब्यबसायको आर्थिक व्यवस्थापन यस जिएसटि अन्तर्गत गरिने छ । साथै, केन्द्र तथा विभिन्न राज्यका सरकारहरुलाई प्रदान गरिँदै आएको, आ–आफ्ना राज्यको अर्थतन्त्रलाई दृष्टिगत गरी अलग अलग कर व्यवस्था र प्रणाली लागू गर्न पाउने बिकेन्द्रिकृत स्वविवेकिय अधिकार पनि यस जिएसटिले अन्त्य गरेको छ । भारतका २९ राज्यहरुमध्ये धेरैजसोमा आ–आफ्नै प्रकारका राज्यीय कर व्यवस्था लागू भै रहेको छ । गतः शुक्रबार मध्यरातमा संसद् भवनमा आयोजित एक विशेष समारोहकाबीच भारतीय सर्बोच्च नेताद्वयः राष्ट्रपति प्रणव मुखर्जी तथा प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा कम्प्युटरको बटन थिचेर यस नयाँ एकिकृत राष्ट्रिय कर प्रणालीको शुभारम्भ गरेका छन् । शुभारम्भ पश्चात् संसद्लाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री मोदीले ‘अब भारतका पाँचसय थरी रङ्ग बिरङ्गका कर प्रणालीको अन्त्य गरी एउटै \'जिएसटि\"ले हाम्रो राष्ट्रको आर्थिक अनुहार फेरेर चम्किलो पार्ने’ बताउनु भएको छ । यस नयाँ कर प्रणालीले ब्यापार घाटाको अन्त्य गरी निर्यात प्रवद्र्धनलाई सघाउने र आर्थिक रुपमा अझै समृद्ध र शक्तिशाली भारतको निर्माणसमेत गर्ने उहाँको दाबी रहेको छ । जिएसटि स्वयंमा एक सरल र पारदर्शी प्रणाली भएकोले यसले कालो धन ९ब्ल्याक मनी० को कारोबारलाई पूर्ण बिराम दिनुका साथै आर्थिक भ्रष्टाचारको पनि दोहोलो काढ्ने छ । यस प्रणालीले इमान्दारितालाई प्रवद्र्धन गर्नेछ र निष्ठावान् उद्योगपति, व्यापारी तथा सेवा ब्यबसायीहरुलाई आफ्नो उद्योग, ब्यापार, व्यवसायमा भारी उन्नति गर्ने अनगिन्ती अवसर उपलब्ध गराउने छ । साथै सेवाग्राहीहरुले पनि न्यूनतम लागतमा सरलता र सहजतापूर्वक सेवा प्राप्त गरी यस प्रणालीबाट लाभान्वित हुनेछन् – प्रधानमन्त्री मोदीले सगर्व दाबी गर्नु भएको छ । भारत स्वतन्त्र भएको हाल ७० बर्ष नाघ्न लागेको छ । एकिकृत र अति विशाल भारतको सफल राजनीतिक तथा आर्थिक व्यवस्थापन गर्न बेलायती साम्राज्यवादले विभिन्न ऐन कानून तथा नीति नियमहरुको तर्जुमा गरेर छोडी गएका थिए । त्यस्तै, आजैदेखि लागू गरिन लागेको यस नयाँ तथा एकल कर प्रणाली सिङ्गल जिएसटि भारतमा कर व्यवस्थापन र सुधारको अध्यायमा इतिहासमै एक ठूलो फड्को साबित हुने पनि जनाइएको छ । यद्यपि, बर्षौंदेखि लागू भई सञ्चालनमा आएका अलग अलग प्रकारका विभिन्न कर व्यवस्थाले जरो गाडेका आर्थिक क्रियाबिधिलाई एकिकृत प्रणालीभित्र समेटेर पूर्ण कार्यान्वयनमा ल्याई अघि बढाउन निश्चय नै लामो समय लाग्ने छ । तर पनि यस प्रणालीले पकड र गति लिएपछि भारतीय आर्थिक क्षेत्र र मुलुकको समग्र अर्थतन्त्रमा परिवर्तनको जादू छर्ने विश्वास भारतका प्रमुख आर्थिक परामर्शदाता अरविन्द सुब्रह्मण्यम् गर्छन् । यता, भारतको प्रमुख प्रतिपक्षी काङ्ग्रेस पार्टी तथा अन्य सानातिना दलहरुले संसद्को शुक्रबार मध्यरात्रिको बिशेष सत्रको बहिष्कार गरे । व्यापार, व्यवसाय तथा उद्योगको आयब्यय विवरण राज्यलाई प्रत्येक महिना बुझाउनु पर्ने बाध्यता भएका भारतका करिब सत्तरी लाख ठूला व्यवसायीहरुलाई मानसिक रुपमा तयार हुने अवसर नै नदिई हतारमा यस एकल जिएसटि ल्याइएको उनीहरुको भनाई रहेको छ । यद्यपि, ती सबै दलहरुले यस नयाँ कर प्रणालीको समर्थन भने गरेका छन् । रासस ÷एएफपी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies