Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

व्यवसायीको विरोधपछि धितोपत्र बजार प्रभावित

\"\"काठमाडौँ, १५ असार । धितोपत्र बजारमा कारोबार गर्दा मूल्य अभिवृद्धि कर तिर्ने सम्बन्धमा प्रस्ट व्यवस्था नभएको भन्दै नेपाल धितोपत्र दलाल व्यवसायी सङ्घले विरोध जनाएपछि आज सेयर कारोबार प्रभावित भयो । बोर्ड र सङ्घबीच वार्ता भए पनि कुनै निष्कर्ष ननिस्केपछि बजारमा कारोबार रोकिएको हो । नेपाल स्टक एक्स्चेन्जमा आज सेयर कारोबार हुन नसकेपछि लगानीकर्ता निराश भएर फर्केका छन् । कारोबार सुरु हुने समय बिहान ११ः०० बजे नै सङ्घले विरोध जनाएपछि बजार प्रभावित भएको थियो । सङ्घका अध्यक्ष नरेन्द्रजङ्ग सिजापतिले आफूहरु कर तिर्न तयार भए पनि सरकारले सहज वातावरण नबनाएका कारण बजार प्रभावित भएको जानकारी दिएका छन् । उहाँले सरकारले कर तिर्ने वातावरण बनाइदिए आफूहरुलाई आपत्ति नभएको तर विगतको पनि कर तिर भन्नु व्यावहारिक नभएको उल्लेख गरे । बोर्डका प्रवक्ता नीरज गिरीले भने कुनै पनि समस्या नभएकाले विवाद संवादद्वारा समाधान हुने बताएका छन्। महालेखा परीक्षकको कार्यालयले आव २०६९÷७० देखिको सबै कारोबारको कर तिरेको भन्दै बेरुजुमा राखेपछि आन्तरिक राजस्व विभागले नेपाल धितोपत्र दलाल व्यवसायी सङ्घलाई कर तिर्न पत्राचार गरेको थियो । राजस्वको पत्र पछाडि व्यवसायीले कर तिर्ने प्रक्रिया मिलाइदिन आग्रह गर्दै आएका छन् । बोर्डले भने अर्थमन्त्रालयसँगको छलफलपछि आवश्यक निर्णय लिइने जनाउँदै आएको छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending