Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

वामदेवकै संरक्षणमा मोस्ट वान्टेड एमाले पोलिटब्यूरो सदस्य

काठमाडौं, दुई जनाको हत्या अभियोगमा ‘सर्वाधिक खोजी सूची’ मा राखिएका योगनारायण यादवलाई एमालेले संरक्षण दिइरहेको आरोप लागिरहेका बेला सोही पार्टीका एक जिम्मेवार नेताले उक्त आरोपको पुष्टि गरेका छन् । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ–प्रहरीले खोज्दा फेला नपरेका एमाले वैकल्पिक पोलिटब्यूरो सदस्य योगनारायण पार्टीकै सम्पर्कमा रहेको एमाले धनुषा इन्चार्जले बताएका छन् । प्रहरीले योगनारायणलाई एक महिनादेखि खोज्दा पनि भेट्न नसकेकै बेला एमाले धनुषाद्धारा बिहीबार आयोजित पत्रकार सम्मेलनमा जिल्ला इन्चार्ज एवं केन्द्रीय सदस्य श्रीप्रसाद साहले प्रहरीको अनुसन्धानमाथि आफूहरुको विश्वास नरहेको बताए । ‘प्रहरीमाथि हामीलाई भरोसा छैन’ उनले भने, ‘त्यसैले योगनारायणलाई प्रहरीसमक्ष आउन नदिएका हौं । मुद्दा अदालतमा दर्ता भएपछि उहाँ आफैं उपस्थित हुनुहुनेछ ।’ चैत ८ गते धनुषाको सबैला बजारस्थित मदन–आश्रित निमाविको व्यवस्थापन समितिबारे विवादमा झडप हुँदा रामसेवक साह गडेरीको मृत्यु भएको थियो । सोही रात स्थानीय रामप्रकाश यादवको पनि गोली हानी हत्या भएको थियो । यी दुवै घटनामा योगनारायणको हात रहेको किटानी जाहेरी जिल्ला प्रहरी कार्यालय धनुषामा दर्ता भएको छ । जाहेरी दर्ता भएपछि उनलाई पक्राउ गर्न प्रहरी परिचालन गरिए पनि सफलता नमिलेको धनुषा प्रहरीले जनाएको छ । योगनारायण गृहमन्त्री वामदेव गौतमकै संरक्षणमा रहेको आशंका गर्दै सबैलाका केही बासिन्दा उनलाई समात्न प्रहरीका लागि सजिलो नहुने बताउँछन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending